नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीद्वारा सांसद तथा पत्रकार सम्मानित

विभेद बिरुद्ध अभियान - २७ माघ -नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीद्वारा शुक्रवार एक कार्यक्रमकाबीचप्रदेश सांसद तथा पत्रकार सहित विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीले सप्तरीको खडक नगरपालिका ८ बिसनपुरमाअभिनन्दनतथा सम्मान कार्यक्रम आयोजना गरि प्रदेश सांसदहरु गोबिन्द न्यौपाने, रुवी कर्ण, दिलिप साह र फुलियादेवी सदा, पत्रकारहरु राजु विश्वकर्मा, भोला पासवान, माला कर्ण, ध्रुव कुमार मण्डल, समाजसेवीतथा राजनीतिकर्मी सुरेन्द्र प्रसाद विश्वकर्मा, एयुब राईन, बुद्धिजिवि नथुनी विश्वकर्मा लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष बद्री सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिपुर्व बिधायक तथा माओवादी केन्द्रका नेता असर्फी सदाले राज्यको हरेक तहमा मुसहर जातीको सम्मानजनक सहभागिता हुनुपर्नेमा जोड दिए । प्रदेश सांसद तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साहले प्रतिष्पर्धात्मक समाजवाद नै नेपालको लागि उपयुक्त हुने बताउँदै राज्यमा सबै वर्गको सम्मानजनक सहभागिताको लागिअझै संघर्षको आवश्यकता रहेको बताए ।

कार्यक्रममाप्रदेश सांसद गोबिन्दन्यौपाने, खडक नगरपालिकाकाउप–मेयर यासमिन सुल्तान, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीयअध्यक्षचन्देश्वर सदा, सल्लाहकार गंगा सदा, समाजसेवीतथाशिक्षक तेजबहादुर विश्वकर्मा लगायतले मन्तव्यव्यक्त गरे ।

No comments:

Post a Comment