डोटी अस्पतालमा बालिकामाथि बलात्कारको प्रयासः योजना सफल नहुँदा स्प्रिड प्रहार

विभेद बिरुद्ध अभियान - २२ माघ २०७४ - डोटी । जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत एक कर्मचारीले बिरामीको कुरुवा बसेकी एक बालिका माथि बलात्कारको प्रयास गरेका छन् ।

पाँच दिनदेखि जिल्ला अस्पताल डोटीमा उपचार गराइरहेकी बज्यैको कुरुवा बसेकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर–७ बस्ने १५ बर्षिया बालिका शोभा पार्की(नाम परिवर्तन) लाई अस्पतालमा कार्यरत बिमल कुँवरले यौन प्रस्ताव राखेको तर बालिकाले अस्विकार गर्दा शरीरमा आगो लगाएको पिडितले बताएकी छन् ।

कुँवरले आफ्नो प्रस्ताव स्विकार नगरेको रिसमा बालिकामाथि तरल पदार्थ खन्याएका थिए । पीडित बालिकाका अनुसार आइतबार राति १० बजे जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आगो तापिरहेको समयमा कुँवर आगो ताप्ने निहँुमा आफ्नो नजिक आएर विस्कुट दिने भन्दै घुम्नलाई आफ्नो कोठामा जान आग्रह गरेका थिए, आफुले जान नमान्दा अस्पतालको ईमरजेन्सी वार्डबाट बोतलमा रहेको तरल पदार्थ छ्यापेका थिए । तरल पर्दाथ बालिकाको शरिरमा छर्कदा उनको यौनाङ्ग जलेको अस्पतालले जनाएको छ ।

पीडितसंगै रहेकी प्रत्यक्षदर्शी भगवती वि.कले भनिन्, ‘हामी आगो तापीरहेका थियौ, त्यो मानिस आयो अनेकांै कुरा गर्याे, हामिले नगर्न आग्रह गर्याै तर उसले शोभा(नाम परिवर्तन) को कपाल तान्दै उनी माथि हातपात गर्याे । केही समयपछि बोतलमा पानि जस्तो चिज ल्याएर उनको शरीरमा खन्याउँदा शरिरमा आगो बल्यो ।’

विगत ११ महिना देखि वायोमेडिसियन टेक्निसियनको रुपमा जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कुँवरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षले एसिड हालेको दाबि गरेको भए पनि उनको उपचारमा संलग्न जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर विवश पराजुलीले एसिड नभई स्प्रिड हानेको हुनसक्ने बताएका छन् । पिडितको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको जनता समाचारमा खबर छ ।

तर उता डोटी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुईटेल भने यो घटनाको विषयमा दुवै पक्षबीच छलफल भइरहेको बताए । उनले भने,‘बलात्कारको प्रयास भन्न मिल्दैन, आगो निभेको थियो बाल्नलाई स्प्रिड लिएर हाल्ने क्रममा बालिकाको शरीरमा पर्न गएको भन्ने छ ।’ तर पिडितले भने घटनालाई मत्थरपार्न खोजेको भन्दै आपत्ती जनाईरहेका छन् ।

No comments:

Post a Comment