किन भएन विभेदको न्युनिकरण ? - भुमिराज अधिकारी,

विभेद बिरुद्ध अभियान ,फागुन ५ - दक्षिण एसिशयाको समस्या भनेको वर्गिय मात्र होइन ,यो धर्म संग गांसिसएको जटिल समस्या हो।किभने अहिले धेरेै दलितहरुको आर्थिक हैसियत सम्मपन्न गैह्र दलितको भन्दा कम छैन शिक्षाको हिसाबले पनि धेरै अगाडि अइपुगेका छन् दलित समुदाय ।राजनैतिक रुपमा यो समस्यालाई सम्बोधन गर्ने प्रयास पनि भएको छ, राज्यको कानुले मान्छे मार्नेलाइृ सर्बश्व सहित आजिवन काराबासको सजाएको व्यवस्सथा गरिएको छ । जातिय विभेद गर्नेलायई कानुनि सजाएको समेत व्यवस्था गरिउको छ। द्यलित हरुको राज्यमा पंहुज बढाउने उद्देश्यले आरक्षणको निति समेत लागुगरिएको छ र बिभेदको समस्या यथावत छ ।समाजले दलितको उपस्थितिलाई सामान्य  तरिकाले अहिले पनि स्वीकार्न सकेको छैन ।

हिन्दुहरुले दलितहरु माथि गर्ने ब्यवहार अत्यन्त अमानविय र निकृस्ट छ । उनिहरुले दलितलाई हिन्दु धर्मको एउटा हिस्ससको रुपमा स्वीकारेकै छैनन् । त्यसैले यो ससमस्याको समाधान भनेको केबल राजनीतिक अधिकार सुनिश्चित गर्दै मा नहुने रहेछ र यस को अर्को पाटो धार्मिक हल पनि खोजिन आवश्यक छ ।जात धर्मसगं गासिएको एउटा जटिल संरचना हो यसले हिन्दु समाजलाई छिन्न भिन्न पारेको छ । धर्मले यसलाई संस्थागत गरेको हुदा र बहुसंख्यक जनतालाई ब्राम्हाणवादले ज्ञान प्राप्तिको नैसगिक अधिकार बाट हजारौं बर्ष देखि बञ्चित गरेको हुदा जातलाई मान्छेलाईले पनि ईश्वरीय देनको रुपमा आत्म साथ गरेको अवस्था छ र रात नमान्ने भनेको अर्धर्मि भन्ने मानयता समाजमा भएकाले राज्यले निर्माण गरेकाको कानुनि संरचनाले समेत यसको प्रतिकार गर्न सकेको छैन्। रुढिवादी मानयताले व्यक्तिलाई गुलाम बनाएको छ। धर्मले लादेको यसमानसिक दासता लाइृ यदि तोड्न सकेन् भने राजनैनिक अधिकारको शुनिश्च्तिताले मात्र समाजमा बिद्यमान अन्धविश्वास र विभेदलाई हटाउन सकिन्न ।



डा. अम्बेडकरले भनेका छन् “मस्तिक र मनको मुक्ति जनताको राजनैतिक बिससस्तारको लागि पहिलो आवश्यकता हो।” नेपाली समाजमा दलितहरुमाथि भई रेको विभेदको मुल श्रोत जातिय संरचनालार्य मुल आधरमान्ने हिन्दु धमृ नै हो ।यसको बैचारीक आधार भनेको ब्राम्हणवाद् हो ,ब्राम्हणवाद व्यक्ति होइन बिचार हो ,मान्छकोमनोबिज्ञान हो ।

यो दलित वा गैह्र दलित होस सबैको नश नशामा रगत बगे जस्तै बगेको छ र यसबाट छुट पाउन ससहज छैन, यसले मान्छेलाई हजारौं बर्ष देखि दास बनाएको छ। जात भनको ब्राम्हणवादले र्सिसर्जना गरेको मानसिकताले भौतिक अबस्था सुधारीदैमा मान्छेको मानिसिकता परिर्वतन सुधारिन्छ भन्ने छैन। उच्च वर्गको घरनियामा भएर जन्मदैमा आफुलाई उत्कृष्ट ठान्ने मनोविज्ञान यसै मानिसिकता बाट जन्मेको हो। यो मनोबिज्ञानलाई बिश्लेषण गदै डा. अम्बेडकरले भनेका छन् “चाहे तपाईले कुनै पनि दिशामा हेर्नुस जात एउटा यस्तो दैत्य होकि जुतपाईको मार्गमा खडा छ। जब सम्म तपाईले यो दैत्यले मार्नु हुदैन तब सम्म कुनै राजनैतिक सुधार गर्न सक्नु हुन्छ न आर्थिक सुधार हुनछ।”

हिन्दुसमाजमा व्यक्तिको आर्थिक समाजिक राजनैतिक हैसिसयत यहि जात स्ांग गासिएको छ। ज्सको जात जति ठुलो छ, उसकोआर्थिक राजनैतिक सामाजिक हैसियत पनि उत्तिकै माथि छ। बहुन जति सुकै गरिब भए पनि उसको समाजिक हैसियत उतिकै माथि छ । उसस आफुलाई कहिलिले पनि एउटा दलित वर्ग सग तुलना गर्न चाहादैनन् । किन भने उसले आफ्नेआर्थिक हैसिायत होइन सामाजिक हैसियत हेर्छ । गरिब नै भए पनि उसले आफ्नो जातलाई उत्कृष्टता सर्वोपरि ठान्छ र दलित सग सहकार्य गर्न चाहादैन । त्यसैले डा.अम्बेडकरले भनेका छन “ जातिय बिभाजन भनेको श्रमको मात्र विभाजन होइन श्रमिक पनि विभाजन हो त्यसैले यहां वर्ग सर्घर्ष सफल बनाउने हो भने पहिला जातमो अन्त्यको लागि संघर्ष गर्न आवश्यक छ ।

लेखक अखिल (क्रान्तिकारी) बानेश्वर क्याम्पसका युवा बिद्यार्थी नेता हुन् 

No comments:

Post a Comment