बझाङमा दलितले मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना

विभेद बिरुद्ध अभियान- बझाङ,२० भाद्र २०७३– बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय दलितले मन्दिर छोएको भन्दै सुन सहित नगद दण्ड जरिवान तिराइएको छ ।संविधानमा जातीय भेटभाव गरिए दण्ड सजायँ हुने स्पष्ट व्यवस्था भएपनि त्यसलाई खिल्ली उँडाउँदै रिलु गाविस घरभएका लाल बहादुर आग्रीलाई एक आना सुन सहित २ हजार नगद दण्ड तिराइएको हो ।उपल्ला जातिका भनिनेहरुले भक्तजनहरुका लागि प्रसाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेको आरोप लगाएका छन् ।
स्थानीय लाल बहादुर बोहराले परम्परागत रितीरिवाज अनुसार दलितहरुले मन्दिर नछुने चलन भएको तर आग्री प्रसाद बनाउने स्थान र मन्दिरभित्र गएपछि दण्ड जरिवाना तिराइएको वताए ।
उनले आग्रीले आफ्नो इच्छा अनुसार देवता लाई दण्ड तिरेको समेत दाबी गरे । कालिका मन्दिरमा भाद्र १९ गते देखि रिलु गाविसको कालिका मन्दिरमा मेला लाग्ने गर्दछ ।

1 comment:

  1. Today's age is science and technology all are equal before law nobody has no right to discriminate in the name of caste, religion, ethnicity and culture. Dalit communities are depriving for ancient period. The state has construct strict rule against racial discriminate. If any body create abstraction enter them in public and private place should not get any sort of prosecution. If any person try to do so that is illegal and that destroy of human right. So that criminal have to get punish as per the due process of law and victimised must get compensate.

    ReplyDelete