पहिरोले घर पुरिँदा कास्कीको खरानीफाँटमा एकैघरका चारजनाको मृत्यु

विभेद बिरुद अभियान - भदौ २३ , पोखराः अबिरल बर्षापछि मध्यरातमा पहिरोले पुरिँदा एकै घरका चार जनाको मृत्यु भएको छ । गएराति ११ः३० बजेतिर भीषण वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकैघरका चारजनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएका कविता सुनार र सजिना सुनार गम्भीर घाइते छन् । उनीहरुको पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । खानीफाँटका लक्ष्मी सुनारको घर पहिरोले पुरिँदा १४ वर्षीय छोरा निशान सुनार, नौ वर्षीया छोरी रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
घरधनी लक्ष्मी सुनार र जेठी छोरी पट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु बाँच्न सफल भएका छन् । लक्ष्मीका श्रीमान् तीर्थबहादुर सुनार बुधबार दिउँसो मात्रै वैदेशिक रोजगारीका लागि साउदी अरब गएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment