बर्तमान समयमा दलित समुदाय को अवस्था :यम परियार

विभेद बिरुद्ध अभियान, भदौ २३ - हरेक क्षेत्र,सामाजिक ,आर्थिक ,राजनीतिक ,शैक्षिक,लगायत का विभिन्न बिसय राज्यका महत्त्वपूर्ण बिसय हुन् । तथापि यिनै विषयका निमित्त सयौं बर्सदेखी ग्रसित उत्पीडन, दमन अनि जातीय छुवाछूत जस्तो बिभेद्को शिकार बनिरहेका समुदाय दलित समुदाय हुन। अर्थात रज्यको हरेक बिकासका मुल प्रभाहबाट पछाडि पारिएको बर्ग समुदाय दलित हो यो जाती नभै एक अवस्थ मात्र हो भन्नुमा दुईमत छैन ।
परिवर्तन सङसगै हरेक कालखण्डमा भएका ऎतिहासिक परिवेश दलित समुदायको उपलब्धि का रूपमा सस्थागत गरिएको छ।
हुनत बिगत २००२०साल को मुलुकी ऎन नेपाल को संविधान २०४७,२०५४, लगायत अन्तरिम संविधान २०६३ कसुर सजाय ऎन र २०६८अनी नेपाल को संविधान २०७२सबैभन्दा उपलब्धि मानिएको छ।
यही बिसयमा पनि पछिल्लो समयमा समानुपातिक प्रतिनिधित्व को कुरामा स्पष्ट पाइएको छैन। तथाकथित उपल्ला जाति हु भन्नेहरू अझैसम्म पनि नेपाल को कानुन र संविधान मन्न तयार छैनन् फलतः देशमा कहिले अन्तरजातीय बिभाह त कतै मन्दिर प्रवेश कै कारण यी र यस्तै निहुमा कतिले ज्यान गुमाएका घटना हमिसामु छर्लङ्ग छ । होटेल मा चिया छोएको निहुमा सेते दमाई ,इनारमा पानी छोएको भन्दै रौतहट को पिपराह घटना,भुमे थानमा दलित प्रवेश निहुमा पर्बत को धाइरिङ को घटना यी त प्रतिनिधि घटना पात्र मात्र हुन ।
२१ओ सताब्दिमा छौ परिवर्तन को दौडमा छौ ,हामी बिभेध मान्दैनौं यस्तै यस्तै सब्द बिम्ब मा हो राजनीतिक नेताहरू बोल्ने लोकतान्त्रिक लोकप्रिय सब्द, हरेक ठाउमा निति तथा नियम अर्थात कानुन सरकारले नै निर्माण गर्छ तर त्यही नीति नियम कार्यनयन गराउन बसेका सरकारि कर्मचारी ,सरकारि निकाय आज मुकदर्सक बनिरहेको छ। खै पारदर्शिता खै विसवसनियता,खै लक्ष्यित समुदाय मैत्री छैन ? छैन यस देसमा कानुन, निति अनि नियम ? प्रस्न बर्तमान सरकार अनि स्थानीय प्रसासन ?
आखिर सरकार मा जनताले के जनादेश दिएर पठाएका थिए नेताजि ? भुल्नु भो ? अनि कुर्सी हो जुन पार्टी पनि एउटइ हुन नुनको सोझो बन्ने खुब सरकारमा भएको बेला लोकप्रिय बन्न खोज्ने मूर्खहरु जनता राम्रोसग सचेत छन राजनितीक ठुलो दल हौ भन्ने सब्बै दल कङ्रेस ,एमाले ,माओबादि अरु सब्बै पार्टी को हबिगत थाहा पाएका छ्न जनता अनि दलित समुदाय थाहा छ चुनावी घोषणापत्र मा के के कुरा जनताको हातमा थमाइदिएको भुल्नुभएको होला अह जनता पर्खी बसेका छन् ख्याल गर्नुहोला ।
हरेक पार्टी ले दलित समुदाय को बारेमा मज्जैले भासणमा बोल्न हुन्छ भन्नुभयो होला त्यो दलित समुदाय ले कहिलेपनि भुल्ने छैन ।किन कि सदियौ देखि उत्पीडन ,दमन अनि जातीय छुवाछूत बिभेधमा रुमलिएको मुस्लो दलित समुदाय हो । सधै दलित जातीय बिभाजन को पराकाष्ठा चाहन्छ्न किनकि मानव सभ्यताको बिकास भन्दा फरक बिकास दलित समुदाय को भएको हैन ।
यदि जातीय आधारमा कसैले कसैलाई बिभेध गर्छ भने कि त्यो समुदाय ले दलित समुदाय अन्य जाति हो भनी प्रमाणिात गर्नुपर्यो हैन भने पसु हु भनेर घाँस पात खानुपर्ने हैनर ?
हो बर्तमान अवस्था यहि हो । समग्रमा मानव सभ्यताको बिकास एक ढुङ्गए युगदेखी निरन्तर मानव सभ्यता तर्फ सामाजिक प्राणइ को रूपमा स्थापित भएको हो । न त कोहि जात ? न त कोही धर्म ? हरेक जाति ,धर्म, लिङ्ग, बर्ण, बर्ग, समुदाय आदिका आधारमा बिभेध गर्नु सामाजिक अपराध हो । अत हाम्रो देशमा विविधता भिन्नता छ यसमा हामी यसमा गर्व गर्नुपछ तर यस्कै नाम्मा कुसंस्कार ,कुरितिजन्य विषयमा अल्मलिनु हाम्रो मुर्खता हो हामी नेपाली र हाम्रो नेपाल यति नै हाम्रो पहिचान हो ।
देस हाम्रो नेपाल र हामी नेपालवासी सब्बै नेपाली यहि हाम्रो सान हाम्रो पहिचान ,यसलाई सधै कायम रख्नु हाम्रो कर्तव्य हो।
अन्त्यमा हाम्रो समाजमा भएका सामाजिक अपराध जस्तै छुवाछूत ,बिभेध,दमन ,उत्पीडन,मानवीय हिम्सा लगायत को अन्त्य आजको आवस्यकता हो अत यसको अन्त्यका लागि हामी सब्बै निरन्तर किन नलाग्ने ?

No comments:

Post a Comment