सारङ्गी रेटौला, मौका मिले फेरि भेटौला…

हरिकृष्ण गौतम- विभेद बिरुद्ध अभियान, भाद्र २०- कुनै जमानामा सारङ्गी रेट्दै लाले गन्र्धवले विरहका गीतहरूले धेरैको आँखाबाट बररर आँसु खस्थे । सारङ्गी लिएर गाउँ पस्दा उनका गीत सुन्न आफ्ना महत्वपुर्ण कामलाई समेत छोडेर भिड लाग्थ्यो । जिल्लाको ज्यामरुककोटमा स्थायी बसोबास बनाएका उनले राजनेता विपी कोइराला,मदन भण्डारी,दरबार हत्याकाण्डा संगै प्राकृतिक विपत्ती लगाएत देशमा घटेका घटनालाई सारङ्गीको धुनबाट गाउँलेलाई सुनाउने गर्दथ्ये ।साना बालबालिका देखी बृद्धबृद्धासम्मका लोकप्रिय बनेका लालेलाई गन्र्धव बाजे समेत भन्ने गरिन्थ्यो । १५ बर्षको उमेर देखी गन्र्धव पेशामा लागेका उनले म्याग्दी जिल्लाका सबै गाविस सहित पर्वत र बागलुङका दुर्गमबस्ती सम्म पुगेर गाईनेदाईको परिचय स्थापित गरेका छन् । कलिलै उमेर देखी सारङ्गीलाई साथी बनाएरका उनी अहिले ७५ बर्षमा प्रवेश गरे । पञ्चायतकाल पञ्चायती ब्यवस्था विरुद्ध समेत समेत सारङ्गीलाई प्रयोग गरेका उनलाई माओवादी जनयूद्धको क्रममा तत्कालिन सत्ता पक्ष र विद्रोहीबाट समेत विभिन्न आरोप लगाए तर पनि आफ्नो पेशाबाट विचलित भएनन् ।
सुचना र सञ्चारको भूमिका निर्वाह गर्ने गरेका उनले धेरे गाउँबाट हुलाकीको भूमिका निवार्ह गदैं सुचना समेत घरघरमा पु¥याएर गाउँलेको मत जितेका थिए। बाल्यकाल देखी सुरू गरेको पुख्यौली पेशालाई आजसम्म निरन्तरता मात्रै दिइरहेका छन् । बुढेशकालमा विभिन्न रोगबाट थलिएका लाले गन्र्धवले सामाजिक परिवेश सहित आफ्ना पुराना गीतहरूलाई प्रस्तुत गरिरहेका छन् ।‘विरामी छु, तर पनि पेट पाल्नै प¥यो । एक्लो ज्यान पाल्न पनि मुस्किल छ’ उनले भने ।
दिउँसो बेनीबजारको न्यूरोडमा भेटिएका उनी साँझपख जिल्ला अस्पतालमा उपचार गराउन गएका थिए ।केहीदिन यता अस्पतालमै उनको घर बनेको छ । दिनभर सारङ्गी रेटेर गीत गाउँदा गलामा समस्या देखिएपनि त्यो संगै बुढेशकालमा देखिने रोगहरूले सताइरहेको छ । ‘मैले ६० बर्षभन्दा धेरै एउटै पेशामा विताए, पैसा कमाउन सकिन, धेरै शुभचिन्तक बनाए’ उनले भने।
कान समेत कम सुन्ने गरेका गन्र्धवले अस्पतालको इमरजेन्सी नजिक रहेको चौतारीमा बसेका विरामीका कुरुवा सहित कर्मचारीलाई समेत गीत सुनाउने गरेका छन् । सम्भवत म्याग्दी जिल्लाकै एकमात्र गन्र्धव पेशालाई अंगालेका लालेले सारङ्गीमा कला, गला र धुनलाई मिसाएर हजारौको मन जीतेका छन्। उनले सारङ्गीको धुनमा मिसाएका आफ्नो परिवारको समस्या सहित जिन्दगीका सुखदुखका घटना धेरै म्याग्देलीको जीवनसंग समेत मेल खान्छ ।
यूवा अवस्थामा मायाँ पिरतीका गीत गाउँदै गर्दा विवाह गरेका उनले मानिसको मन मुटु र मस्तिष्कलाई चसक्क छुने गरी गीत प्रस्तुत गर्ने गरेको बेनी नगरपालिका–५ डम्बराका कृष्ण बहादुर बानियाँले भने ।‘हामी स्कुल जाँदा उहाँले गाएको गीत सुनेर बस्थ्यौ, धेरै बर्ष विते अझैपनि उही पेशामा देख्दा आनन्द आउँछ’ बानियाँले भने । उनले जहाँ भेटेपनि आफ्नो गोजीमा भएको पैसा सारङ्गी भित्र राखिदिन्छन् ।बाल्यकालमा भेटेका गन्र्धवलाई यूवा अवस्थामा भेट्दा आफ्नो बाल्यअवस्थाको सम्झना गर्नेहरूको संख्या समेत धेरै भेटिन्छ ।
परिवारले छोडे, सारङ्गीले छोडेन 
सानो र सुखी परिवारको सपना देखेका गन्र्धवले भनेजस्ते जिन्दगीमा केही हुन सकेन् । छोराछोरी धन कमाउन मुक्लान पसेपछि फर्किएर हेरेनन् । गला, कला र सारङ्गीको कमाईले विहानबेलुकी खाना दिने श्रीमतीले समेत संसार छोडेपनि एक्को बनेका उनले सारङ्गीलाई परिवारको रुपमा सम्झिएर दिन काट्न गरेका छन् । छोरा प्रेम र छोरी भारतमा रहेपनि उनीहरूले बाबाआमालाई एकपटक पनि सम्झिएनन् ।‘श्रीमतीले साथ छोडेपछि बाच्ने आशा कम भएको छ।

तरपनि अन्तिम सास रहुन्जेल यही पेशामा लाग्छु’ उनले भने । श्रीमतिको निधन भएपछि बुढेशकालमै प्रेम गरेर जिवनसाथी बनेकी एक महिलाले समेत अन्तिममा आएर अर्कोसंग विवाह गरेको बताउँदै अव जीवनलाई सारङ्गीसंगै विताउने बताए । उनले आफ्नो मृत्युपछि चितामा समेत सारङ्गीलाई राखिदिन गाउँलेलाई अनुरोध गरेको समेत बताए । आर्थिक अभावकै कारण समस्या झेलिरहेका गन्र्धवलाई जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले खाजा सहित निशुल्क उपचार गरिरहेका बेनी अनलाइनमा खबर छ ।

No comments:

Post a Comment