बिश्वकर्मा एकता समाज इटहरीले गर्यो वृहद रक्तदान कार्यक्रम

विभेद बिरुद्ध अभियान-इटहरी- भदौ २७- रक्तदान नै जीवन दान हो भन्ने मुख्य नारा सहित आज इटहरी को रेयुकाई चौतारीमा बिश्वकर्मा एकता समाज इटहरीले वृहद रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।इटहरी उप महानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाको प्रमुख अतिथिमा सम्पन्न गरिएको उक्त औपचारिक कार्यक्रम बिशिस्ट अथितिहरुमा इलाका प्रहरी कार्यालय प्रहरी नायब उपरिक्ष्क नरेशराज सुबेदी , रेडक्रस सोसाईटी इटहरी साखा अधय्क्ष बिमल पौडेल , इटहरी नागरिक समाजका अधय्क्ष बोध राज नेपाल रहनु भएको छ ।इटहरी उपमहानगरपालिका भरिका बिभिन्न राजनीति दलका प्रतिनिधिहरु , समाजसेवीहरु र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु , बुदिजिवीवर्ग , बिधार्थीहरु र सर्वसाधारण को बाक्लो उपस्थ्ति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथितिहरुले रक्तदान जस्तो मानवीय सेवामा सक्रियता देखाउन थालेको बिस्वकर्मा समाज इटहरी लाइ बधाई तथा सुभ कामना सहित आफ्नो महत्वपुर्ण बिचारहरु राखेका थिए ।राति देखि परेको निरन्तर बर्षाको कारण असहज हुँदा हुँदै पनि रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थिति सहित कार्यक्रम भने सम्पन्न भएको थियो। वृहद रक्तदान कार्यक्रममा २०० जनाले रक्त दान गराएको र रक्तदाता बाट संकलित ८३ पिन्ट रगत सुनसरी स्थित धरान रेडक्रसलाइ पठाएको आयोजक समाजले जानकारी दिएको छ ।उक्त कार्यक्रममा स्वास्थ्यकर्मी (H.A.) शान्ति गजमेर र बिमला बराइलीले रक्तदानको महत्व र आवश्यकता एव रक्तदान सम्बन्धि जन चेतना जगाउने विभिन्न खालका स्वास्थ्य परामर्श समेत दिएका थिए ।
सस्थाका महासचिव दिनेश रसाइलीले संचालन गरेको उक्त कार्यक्रममा सस्थाका उपाधय्क्ष टिका लाम्गादेले सस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रमको सभापतित्व समेत गर्नु भएको सस्थाका अधय्क्ष जगत गजमेरले रगतको आवस्यकता पर्ने र अभाव भै रहेको अवस्थालाई मध्य नजर गर्दै यस्तो परोपकारी कार्यक्रम आयोजना गरेको बताउदै यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका थिए ।

No comments:

Post a Comment