जापानमा दलित समुदाय मिलेर सिर्जनशील उत्पीडित समाज जापानको गठन

बिभेद बिरुद्ध अभियान , २१ पुस । जापानमा रहेका दलित समुदायबीच पारस्परिक सहयोग, सदभाव र असल सम्बन्धको बिकास एवं बिस्तार गर्ने उद्देश्यले सिर्जनशील उत्पीडित समाज जापानको गठन भएको छ । नयाँ वर्ष २०१७ को अवसर पारी जनवरी १ तारिकका दिन आयोजित भेलाले गणेश रिजाल ’चिन्तन’को अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

’बिभेद बिरुद्धको एकता, आजको आवश्यकता’ भन्ने नारा रहेको सो भेलाले उक्त समाजको गठन गरेको हो । आगामी मे महिनामा पर्ने गोल्डेन वीकममा अधिवेशन गर्ने भनिएको तदर्थ समितिको उपाध्यक्षद्वयमा रमेश सुनम परियार र गोविन्द परियार चुनिएका छन् भने महासचिवमा समर्पण गडेल, सचिवमा बिष्णुमाया सुनार र कोषाध्यक्षमा रमेश सुनार चयन भएका छन् ।

शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाकक्षमा भएको सो भेलामा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिनुका साथै हाल जापानमै रहेका लोकप्रिय गायिकाहरु जमुना सनम र गीता सेञ्चुरीलाई सम्मान गरिएको थियो । 

No comments:

Post a Comment