दलितहरू हो अब के गर्ने ...........?- गोपाल शिवा


माघ १ - विभेद बिरुद्ध अभियान - छोराको हत्यारा लाई कारवाहि गरी पाऊँ भंदै न्यायको लागी अनसनमैं कृष्णप्रसाद मरेको साक्षी बनेको नेपाली समाजमा अजित मिझारको हत्या जस्तो जघन्य अपराधमा प्रहरी आफ़ै खालडो खनेर पोस्टमार्टम नगरी लॉस दबाऊन तातिएकों , दबाबपछि प्रहरीले पक्राउ गर्न जाँगर गरेको देखेर ,नेपालको सविधान अनुसार क़ानूनी उपचार पाउने नागरिक हक़ हुदाहुदै न्याय पाईन भनेर पत्रकार सम्मेलन , सड़क आन्दोलन देखी प्रधानमन्त्री सम्म गुहार लाउनु पर्ने जून बाध्यता भए त्यही समय मैले त छनक पाई सकेको थिए । अजितका हत्याराहरू नेपाली समाजमा बालकृष्ण ढुगेल जसरी निर्धक्कसँग अब छिटै हिडछन घूमछन बसछन् भनेर । अनन्त अजित मिजार हत्या प्रकरणका अभियुक्तहरु सामान्य धरौटि तिरेर निसकने फ़ैसला भएछ । अब हेरी रहनु होला यही प्रक्रिया भनौ की संस्कार लक्ष्मी परियारको मूँदामा पनि हूँनेछ।

अधिकारकर्मीदेखि राजनीतिक दल र सरकारका प्रमुख व्यक्तित्वको समेत ध्यानाकर्षण भएको एवं प्रधानमन्त्रीले दलित समाजको कुरा सुनने बितिकै घटना राष्ट्रिय मुद्दा बनेको , २ मिनेटमा प्रहरी प्रमुख र गृहसचिव ड़ाकेर छानबिन गर्न टोली बनाइ अदालत सम्म पुगेको अजित मिझारको घटनामा समाननिय अदालत बाट जून फ़ैसला भएकों छ त्यसको आलोचना समेत गर्न मिल्दैन । तर अब प्रस्ट संग दलित समुदायको अघि दुई ओटा बाटो देखाइ दिएको छ। पहिलो क़ानूनी राज्य आत्मसाथ गरेर क़ानूनी उपचार नै खोजने । किनकी कुरीति तथा कुसंस्कारजन्य प्रथाको उन्मूलन कानुनी प्रक्रियाबाट मात्रै सम्भव छ।घटनामा संलग्न पीडकलाई तत्काल कानुनबमोजिम कारबाही गर्न र पीड़ितलाई न्याय दिलाउन अब ढीला नगरी अजित मिजार हत्या प्रकरणका अभियुक्तहरुलाई छाड़ने फ़ौसलाको पुनरावलोकन दर्ता गरौ । किनकी हाम्रै अघि लोकमानको योग्यता सम्बन्धी दायर रिट सर्वोच्चले खारेज गर्दै उनको नियुक्ति सदर गरेको फ़ैसला पुनरावलोकन दर्ता हुदा सोही अनुसार पुनरावलोकनमा सर्वोच्चले पुरानो फैसला उल्टी गरी लोकमानलाई अयोग्य घोषितको फ़ैसला गरेको ताज़ा इतिहास छ।

अर्क़ो उपाय भनेको लातकि भूत बातले मानदैन भने झै दलिहरू मोर्चा बन्दी गरेर मुक्तिको आन्दोलन गरौ । नेपाली समाजलाई के कसरी तत्काल रुपान्तरण गर्न सकिनछ दलित समुदाय आफ़ै जे सकिनछ त्यों गर्ने । हिजो अरुको उदेश्यमा बन्दूक़ बोकनेहरू, हरेक आन्दोलनमा अघि लाग्ने दलितसमुदायको एकता नहुदा साझा सोच उदेशय नहुदा ,दलित शक्ति कमज़ोर हुदा नेपाली समाजमा एक पछि अर्कों अमानबिय घटना हूँदैछन । जब सम्म आफु र आफंनो समुदाय बिरुद हूने अन्यायको बिरुद मार्ने /मरने या आमा समूहले गाउका जड़ियाँ फटाहालाई बाधेर भाटे कारवाहि गरे जस्तो दलितले तत्काल र सोही ठाऊमा गर्न सकदैंनन तब सम्म धेरै मानविर ,अजित र लक्ष्मीहरू मारी रहनछन।

No comments:

Post a Comment