‘खुट्टा चल्दैनन्, ह्वीलचियरमा बस्छु, खानलाई भाँडा माझ्छु’: तीला नेपाली

सुवास डिसी- विभेद बिरुद्ध अभियान - २५ पौष - तुलसीपुर । छेउमै ह्वीलचियर थियो, उनी भने भुँइमा थुपारिएको भाँडा माझिरहेकी थिइन्। देब्रे खुट्टामा पाकेको ठूलो घाउमा झिंगा लागिरहेका थिए । उनीभने भाँडा माझ्नै व्यस्त थिइन्। 
धेरै पढेर राम्रो शिक्षक बन्ने रहर बोकेकी यी अशक्त बालिकाले पढ्न भने पाएकी छैनिन्। स्कुल गइन् तर, सर र विद्यार्थीहरुले ‘गन्हाउछेस्’ अबदेखि स्कुल नआएस्’ भनेर थर्काए। यी १२ वर्षीया तीला नेपाली हुन्, जो ह्वीलचियरमै हुन्छिन् । भा“डा माझ्छिन्, ज्यान पाल्छिन्। पढाईको रहर पूरा गर्न कहिलेकाही“ ह्वीलचियरमै किताब समाएकी देखिन्छिन् । उनको घर, तुलसीपुर नगरपालिका कार्यालयको पूर्वतिर, खरकट्टी टोलमा छ। जन्मदै“ नै अपाङ्गता भएकी उनी पढेर शिक्षक बन्ने रहर बोकेकी छिन् । उनी भन्छिन् ‘घरमा जाउ“ वा आमाले गाली गर्छन् ।’ सुरुमा उनी तुलसीपुरमा रहेको ज्ञानज्योति बोर्डिङमा पढ्न गईन् त्यहा“ पनि उनले पढ्न सकिनन् । केही उपाय नलागेपछि उनले केही समय प्रौढ शिक्षा समेत पढिन्।

त्यसपछि उनी तुलसीपुरका सेन्टर स्कुल पुगिन् । पा“चदिनमै हार खाएर उनी घरै बसिन्। उनी भन्छिन् ‘सेन्टर स्कुलमा ४÷५ दिन पढ्न गए तर सर र विद्यार्थीहरु सबैले नआइज भने ।’ उनको खुट्टामा घाउ लागेको धेरै भयो, सञ्चै हु“दैन । उनी ह्वीलचेयरमै हुन्छिन्। त्यसैले उनलाई सबैले हेपे । उनी स्कूलै जान सकिनन्। 

तिलाका दुबै खुट्टाले काम गर्दैनन् । उनको अपाङ्गता र खुट्टामा घाउ भएका कारण गन्हाउने भन्दै उनलाई स्कुल प्रवेशमा रोक लगाईयो । तिलाकी फुपु भन्छिन् ‘नाम लेखाउन स्कुल गयौं तर स्कुलले भर्ना गरिदिएन ।’ अपाङ्गता र खुट्टामा घाउ भएकी उनी गन्हाउने र त्यसले अन्य विद्यार्थीहरुलाई समेत असर पर्ने भन्दै विद्यालयले नाम लेखाईदिन नमानेको उनकी फुपू सीता पहाडीले बताईन्।साभार :- आरसमाचार 

No comments:

Post a Comment