अजित हत्यामा संलग्न भनिएका अभियुक्तहरुलाई धरौटीमा रिहा

विभेद बिरुद्ध अभियान - पुस २९- अजित हत्यामा संलग्न भनिएका अभियुक्तहरुलाई उच्च अदालत पाटनले दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । विहिबार भएको १७ नम्बर निवेदकमा बहसमा भेजबहादुर पराजुली र टंकबहादुर पराजुलीलाई २५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।उच्च अदालतका न्यायधिस द्धोय किशोर सिवाल भिमकुमार ओझाको संयुक्त इजलासले आज यस्तो आदेश गरेको हो ।
जिल्ला अदालत धादिङले थुन्छेक बहसमा अभियुक्तहरुलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अभियुक्तहरुले थुनछेक आदेशका लागि उच्च अदालतमा निवेदन गरेका थिए ।
एक कानुन ब्यवसायीका अनुसार घटनाका मुख्य योजनाकार मानिएका अभियुक्त नै धरौटीमा छुटेपछि मुद्धा कमजोर हुन सक्ने बताएका छन् । अजित मिजार प्रकारणमा अदालतको पछिल्लो आदेश पछि पुनः दलित आन्दोलनले सृजना गरेको एउटा उपलब्धी धरापमा पर्ने सम्भावना बढेको दलित अनलाइनमा समाचार छ ।
काभ्रे प्रहरीले अजित मिजारको हत्यामा संलग्न आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । केटीका बुवा भोजबहादुर पराजुली, दिदी सम्झना कार्की, भतिजा श्याम पराजुली तथा राजु रम्तेल र कुमार रम्तेल पक्राउ परेका थिए । प्रहरीले आवश्यक अनुसन्धानपछि रम्तेलद्वय र केटीकी दिदी सम्झना कार्कीलाई यसअघि नै अदालतले सफाइ दिएको थियो । केटीका बुवा र भतिजालाइए अनुसन्धान लागि धादिङ्ग प्रहरीमा राखिएको थियो
यसो भन्छन् अजितका बाबु
दलित आन्दोलनले आफुहरुलाई न्याय दिलाउँछन् कि भन्ने लागेको थियो । तर विस्तार आन्दोलन सेलाउन पुग्दा अदालतलाई समेत मैका मिलेको अजितका बाबु हरिभक्त ढकाल मिजारले दुखेसो पोखे । ‘अपराधिहरुलाई कारबाही गराउन सकिन्छ कि भन्ने आशा थियो, अब सकियो आशा पनि ,’उनले भने ।उनले थपे मेरो ‘छोराको हत्या अन्तरजातिय बिवाहकै कारणले भएको हो भन्दै उजुरी दिइ अदालतबाट राम्रो फैसला होला भनेको थिए , तर पीडकलाई उन्मक्ति दिलाउने नियतले न्याय पाउन सकिएन ।
दलित आयोग यस्तो भन्छ
‘प्रहरी अनुसान्धान फितलो रुपमा भयो । सिआईवीलाई निवेदन दिएको छु । अब सिआईवीबाट अनुसान्धन हुन्छ । साथै अन्तर्रराष्ट्रिय स्तर अनुसान्धन टोलीलाई नेपालमा जातिय विभेद छ । आयोगका सदस्य सचिव सिताराम घले परियारले अन्तरजातिय विवाह केसमा मान्छे मारिएको छ, भनेर अनुसाधन टोली बोलाएर र अजितको परिवारलाई न्याय दिलाउने बताए । ‘प्रहरी माथि नै शंका छ , सरकारी वकिल र प्रहरी कुनै पनि निकायबाट पनि प्रभावकारी अनुसान्धन नहुदा यस्तो भयो,’उनले भने ।
अजितको हत्यामा दोषीलाई कारबाही गर्नुपर्ने वेलामा यस्तो आदेश हुनु निकै दुख लाग्दो विषय भएको संयुक्त राजनीतिक संघर्ष समितिका संयोजक डम्बर विश्वकर्माले बताए । तत्कालै संघर्ष समितिमा छलफल गरेर दोषीलाई कारबाही गराउने ढंगबाट आफुहरु आन्दोलनमा जाने समेत उनले जानकारी दिए ।

No comments:

Post a Comment