मलेसीयामा म्याग्दीका सुरेश दर्जी १० दिनदेखी सम्पर्कविहिन

विभेद बिरुद्ध अभियान- माघ १७- मलेसीयामा एक म्याग्देली सम्पर्कविहिन भएका छन् । बेनी नगरपालिका–१० तोरीपानिका २२ बर्षिय सुरेश दर्जी १० दिनदेखी कम्पनीको सम्पर्कमा नआएपछि खोजीकार्य सुरु भएको छ । कम्पनीबाट १० दिनदेखी सम्पर्क विहिन भएपनि परिवारसंग शुक्रबार सम्म कुराकानी भएको बुझिएको छ । ३१ महिना अगाडी मलेसीयामा पुगेका दर्जीको खोजीकार्यका लागि परिवारले बेनीअनलाइनमार्फत अपिल गरेका छन् ।
मलेसियाको केलाङ (सेनवे० बाट सम्पर्क विहिन भएका हुन् । ‘शुक्रबार विहान कोठामै छु भन्नुभएको थियो । दिउँसोदेखी सम्पर्कविहिन हुनुभएको छ’ सुरेश दर्जीकी श्रीमति विष्णुरत्न दर्जीले भनिन् । उनले शुक्रबार विहान कम्पनीको काममा गएको छैन कोठामै बसेको जानकारी गराएलगत्तै सम्पर्क हुन नसकेको बताईन् ।
मलेसियामा रहेका म्याग्देलीले समेत खोजीकार्य गरिरहेका छन् । सुरेश कार्यरत कम्पनी र उनी बस्ने कोठाका नेपालीले समेत खोजीकार्य गरिरहेको मलेसियामा रहेका बेनपा–२ अर्जमका आषिश परियारले बताए । उनका अनुसार सामाजिक सञ्जाल सहित विभिन्न स्थानमा नेपालीहरुको सहयोगमा खोजीकार्य भइरहेको छ । सम्पर्क विहिन भएका सुरेशको खोजीकार्यमा सघाउन समेत मलेसियामा रहेका म्याग्देलीले अनुरोध गरेका छन् ।

No comments:

Post a Comment