जिग्री पाँडेले मण्डल परिवारलाई सहयोग गर्न भनेर अभियान थाले

विभेद बिरुद्ध अभियान - ८ माघ, काठमाडौं । नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो सप्तरी । सप्तरी जिल्लामा ११४ वटा गाविस छन् ।जसमध्ये एउटा गाविस यस्तो विकट छ जो कसैले पत्याउनै सक्दैनन् । गमहरिया प्रबाबा गाबिसमा बस्ने मानिसहरु यतिबेला कष्टकर जीवन बिताइरहेका छन् ।न गरेर खाने खेतबारी छ, न रोजगार नै छ । त्यहाँका स्थानीयहरुलाई यतिबेला सुख्खा लागेको महसुस हुन्छ ।भर्खरका युवाहरु भए पनि रोजगारविहिन भएर घरमा बसिरहेका छन् । यो त भयो गाविसको नै पीडा । यहाँको एक परिवारको दुःख सुन्दा रुन नै मन लाग्ने छ ।
गाविसको पटिटोलमा अति कष्टकर जीवन बिताइरहेका छन्, शिवनारायण मण्डलको परिवार । उक्त परिवारमा चरम गरिबी त छदैँछ साथै भाग्यले पनि ठगेको छ ।जुन परिवारका पाँच वयस्क र एक बालक अन्धोपनको शिकार भएका छन् । घरमा कमाउन सक्ने सबैजना अन्धोपनाको शिकार भएपछि थुप्रै रात भोकै बित्छ उनीहरुको ।कसैले माया–दयाले केहि दिए भने खान पाउँछन् नभए भोकभकै बस्नुपर्ने बाध्यता छ । टिनको छानो र वरिपरि पर्खाल समेत नभएको, नाम मात्रको घरमा अति कष्टकर जीवन बिताउँदैछन् मण्डल परिवार ।
जिग्री पाँडेद्वारा सहयोग अभियान सुरु
जिग्री–पाँडे प्रतिष्ठानले उक्त मण्डल परिवारलाई सहयोग गर्न भनेर एउटा अभियान थालेको छ । जिग्री पाँडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहको संयुक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा यो अभियान थालिएको हो ।
मण्डल परिवारको लागि केही खाद्यन्न, कपडालगायत अपाङ्गमैत्री, बालमैत्री र धुवारहित घर बनाउने उद्देश्य रहेको प्रतिष्ठानका कुमार कट्टेल ‘जिग्री’ ले बताए ।केही समयअघि इजरायल बसेर नेपाल फर्केका सागर भुषाल, भद्रगोलका अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’, हाल इजरायलमा रहेका सुबास खरेल, अर्जुन पौडेल, राज छत्कुली, भोजराज क्षेत्री, दिपेन पौडेल र राम ढुंगानाहरुको एक टिमले मण्डल परिवारलाई सहयोग गर्नको लागि अभियान थालेका हुन् ।
केही दिनअघि राष्ट्रिय पत्रिका कान्तिपुरमा मण्डल परिवारको विषयमा समाचार प्रकाशित भएको थियो ।यस कार्यमा सबैलाई सकेको सहयोग गरिदिन जिग्री–पाँडे प्रतिष्ठान अनुरोध गर्दछ । सहयोगको लागि सम्पर्क नम्बर ९८४१०२६२६६

No comments:

Post a Comment