न्याय पाइनछ कि भन्ने एउटा झिनो आशा -गोपाल सिवा

विभेद बिरुद्ध अभियान, माघ १० - लक्ष्मी परियार हत्या प्रकरणको बारेमा नेपाल टेलिभिजनले बल्ल समाचार दियो भनेर हिजो मात्र एक जना मित्रले सामाजिक संजालमा लेखेको देखे ।गत मंसिर २४ गते काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या भएको समाचार अन्तरास्ट्रिय स्तरमा पुगेर नेपालमा बिधमान कुप्रथाहरु रैछन भन्दै कुरी कुरी भनि राखेका छन् । तर नेपालका खास गरि राष्ट्रिय स्तरका ठुला मिडिया र सरकारी मिडियाले कुसस्कारको बिरोध गर्ने एव समाजको सद्भाव र आत्मीयतामा कमी आउन नदिउ भन्ने विषयमा सोच्नुपर्ने उत्तर दायित्व सम्म सम्झेनन बरु झर्रो टार्ने काम मात्र गरिरहे ।यधपी नया पत्रिका दैनिकले यो बिषयलाई उठान गरि सवैको सामु जसरि ल्याएर राख्ने काम गर्यो त्यो सराहनीय र कदर योग्य छ ।

त्यशो त् नेपाली समाजमा दलित समुदायलाई सार्वजनिक धारा कुवा मठ मन्दिर र स्थानहरुमा यसरि जातीय भेदभाव गर्ने , अपमानित गर्ने यस्ता घटना देशभर दिनहुँ अनगिन्ती घटि रहेका छन् । स्थानीय कोहि बोलिदिने भए , सञ्चारकर्मी कसैले पिडित उपर दया दृष्टि राखेर प्रकाशमा ल्याइ दिए मात्र जगजाहेर हुन्छन्, अन्यथा झण्डै ९५  प्रतिशत घटना त्यसै दबेर गएका छन् । प्रकाशमा आएकै घटना पनि पिडकपक्षको डरत्रासका कारण स्वयं पिडितले नै कारबाही अगाडि बढाउन नचाहेर बिचैमा सेलाइन्छ ।  एकातिर राज्यको चौथो अंग समाजका उपेक्षित, उत्पीडित , दलित र गरिबका पीडालाई दया दृष्टि राखेर मात्र बोल्ने गर्छ । अर्को तिर सरकारी निकायहरुमध्ये तल्लोतहसम्म पहुँच पुगेको भनेको नेपाल प्रहरीको पुरातनवादी सोचले नेपाली समाजमा जातीय भेदभाव तथा छुवाछूत र दलित समुदायसँग सम्बन्धित सवालमा अनुसन्धान तथा पीडितलाई न्याय दिने कुरामा नैराश्यता र पूर्वाग्रह देखाउदै आएको छ ।

नेपाल प्रहरीको नैराश्यता र पूर्वाग्रहको पछिल्लो सिकार भएकी छिन तारा सुनार ।  माघ ४ गते दैलेख नारायण नगरपालिका–६ नयाँगाउँकी ३१ वर्षीया तारा सुनारले सार्वजनिक धारामा पानी भर्दैगर्दा सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर बुढाले गाग्री छोइएको भन्दै लछारपछार गर्दै लात्तीले छाती, तिघ्रा र टाउकोमा हाने । घटनाको बिवरण सहित निवेदन लिएर प्रहरीमा उजुरी दिएकि तारा सुनारलाइ आरोपित पक्षले ‘समाज चाहिन्छ मुद्दा नगर’ भन्दै धम्क्याए अ्रन्नत प्रहरी पनि मिलापत्र गराउन सफल भयो । गाउँटोल तथा समाजमा हुने दलित समुदाय माथिको हिंसा तथा दुर्व्यवहारको घटना न्यूनीकरण गर्न तथा घटना भएमा पीडकलाई कानुनी दायरामा ल्याउने कार्यमा प्रहरीको महत्वपूर्ण भूमिका रहन्छ । तर प्रहरी प्रशासनले दलित समुदाय माथिको हिंसा तथा दुर्व्यवहारको घटना सम्बन्धि मुद्धालाई गम्भिरता पुर्वक नलिने गरेको कारण मुद्धा दर्ता हुन नसकेको प्रस्ट पाइदै आएको छ । राज्यले कानुन बनाए पनि कानुन कार्यान्यवनको स्थानिय निकायको रुपमा रहेको प्रहरी प्रशासनमा हावी पुरातनवादी सोचको कारण दलितहरु  समाजमा अझ अमानविय घटना सहन बाध्य भएका छन् ।

सरकारी निकायहरुमध्ये तल्लोतहसम्म पहुँच पुगेको भनेको नेपाल प्रहरीको पुरातनवादी सोच अजित मिझार र लक्ष्मी परियारको मुदामा यसरि पोखियो कि बहुजातीय, बहु–भाषिक समाज भएको नेपालका दलित उत्पीडित गरिवले प्रहरी भनेको राज्यको हुन्छ । प्रहरीले सबैलाई समान रुपले हेर्छ भनेर बिस्वस्त हुन् नै नसक्ने अवस्था छ ।अन्तरजातीय बिवाहा गरेकै कारण मारिएका काभ्रेका अजित मिजारको शकास्पद र रह्स्यमय हत्या प्रकरण लाइ नै हेरौ । असार २५ गते काभ्रेकि कल्पना पराजुली संग अन्तजातिय बिवाहा गरे पछि माइती पक्षले उमेर नपुगेको बहाना गराइ पाचखाल प्रशासनबाट जबर्जस्ति छुटाएको थियोे । प्रहरी प्रशासनमा केटि पक्षकाले ज्यानै समते मार्ने धम्की दिएको ३ दिनमा धादिङको गजुरिमा काभ्रेका अजित मिजारको लास सुनियोजित ढंगबाट मारेर झुन्डाइएको भेटियो । लास देख्ना साथ केही घण्टा मै गजुरी प्रशासनले बेवारिसे लास भनी प्राथमिक चौकीमा पोस्टमार्टम गरेको भनी आफै आत्महत्या गरेको झुटो सनाखत गरि लास गाडेको पाइयो  । २ दिनमा आफ्न्त र परिवारले थाहा पाए पछि लासलाइ निकाली काठमाडौ , टिचिङ हस्पिटलमा पोस्टमार्टम गरिएको थियोे । पोस्टमार्टमको पहिलो रिपोर्टले ह्त्या हो भनी सक्दा पनि मृतकका परिवारले शंकास्पद ब्याक्तीहरुको नाम सहित जाहेरि किटानी दिदा समेत प्रशासनले ती ब्याक्तीलाई अनुसन्धान गरेन। महिनौ बिति सक्दा समेत प्रशासन मौन भए , दबाबमा पक्राउ परेकालाई समेत अदालत बाट अब त् छोड्ने निर्णय भै सकेको छ  । 

त्यस्तै गरि लक्ष्मी परियारको हत्यामा पनि सुरु देखिको प्रहरीको कारवाहि तौरतरीका, अपारदर्शी प्रचारबाजि र अविवेकि निर्णयहरु पोखिदै आएको छ । प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले लक्ष्मीमाथि भएको कुटपीट र अमानवीय व्यवहारबारे आफ्नो विषयक्षेत्र नभएको भन्दै लक्ष्मी परियारमाथि भएको कुटपिट, दुव्र्यवहार र महिला हिंसाको सवाललाई बेवास्ता गरी एकतर्फी रुपमा पीडकलाई नै सहयोग गरेको देखिन्छ । प्रहरीले मिलापत्र गर्ने क्रममा यदि प्रहरीले त्यस्तो गम्भीर अपराधलाई मिलापत्र नगरी कानुनी कारवाहीको दायरामा ल्याएको भए यस्तो अप्रिय घटना नहुन सक्थियो । कानूनको राज चलेको कुनै पनि देशमा प्रहरीको बेवास्ता बाट कोहि मर्यो भने त्यस घटना घट्नुमा प्रहरीको दुराशय थियो कि थिएन भन्ने छानबिन हुन्छ । दुराशय राखिएको पाइएमा प्रहरीलाइ नै हत्यारा अपराधीको रुपमा सँजाय हुन्छ भने दुराशय नभएको अवस्थामा प्रहरीले पाउनु पर्ने यथोचित पुरस्कार र सम्मान प्रदान गरीन्छ । तर यहा त् लामा परिवारले झुठा आरोप लगाउँदै लक्ष्मी परियार विरुद्ध निरमाया तामाङ्को भैंसी काटिदिएको भन्दै प्रहरी चौकी चौवासमा गरेको उजुरीलाई प्रहरीले सत्यतथ्य नबुझि लामा परिवारको प्रभावमा परी उल्टो पीडीतलाई नै १ हजार रुपैयाँ जरिवाना तिराउने कार्य गरी प्रहरीबाट कानुन बिपरित अपराध गरिएको छ । फेरी पनि प्रहरी प्रशासन प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीको  दुराशयमा मौनता साधेर लक्ष्मीका श्रीमान् मिलन नेपालीलाई चरम यातना दिएर श्रीमतीलाई कुटेको हुँ भन्न बाध्य पार्दैछ ।लामाका आमाछोराले परियारलाई हातखुट्टा बाँधी छाति, टाउको र खुट्टामा लात्ति, चिर्पट र लठ्ठी प्रयोग गरी कुटेको भन्ने तथ्य मृतकका छोरा सहित देख्ने सवै बाट निर्विवाद रुपले अगाडि आए ।मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्टमा समेत शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन  भनिएको छ ।' कुटाइ बाट लक्ष्मी परियार मरेको पोस्ट मार्टम रिपोटमा नै स्पष्ट छ, तर घटनाको न्यायिक पर्क्रिया फरक ढंगले अघि बढेको छ । आरोपित मिलन नेपालीले श्रीमतिलाई कुटपिट नगरे पनि प्रहरीले जर्वजस्ती कुटपीट गरी यातना दिएर हत्या गरेको स्वीकार गर्न वाध्य पारेको बताउदै आएका छन् ।आरोपित मिलन नेपालीको घटनामा संलग्नता भएको भन्दै मुख्य आरोपी हिरा लामा र निजकी आमा काइँलीमाया लामालाइ  सार्वजनिक अपराध शिर्षकमा थोरै भन्दा थोरै कारबाही गरि दुधले नुहाई दिने प्रपन्च रचिदै छ  ।

अब त हुदा हुदा अजित मिझार र लक्ष्मी परियारको घटनामा संलग्नलाई जोगाउनका लागि केही दल र संगठनले यो अपराधमा राजनीति गर्ने माहौल बनाउदै गएका छन । जसको परिणाम अजित मिझार र लक्ष्मी परियारको घटना भएको यतिका दिन सम्म पनि सत्य तथ्य बाहिर ल्याउन र घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि बढाउन राज्यले सकेको छैन । आम नागरिक सरह दलित उत्पीडित गरिब ले न्याय नपाउनु भनेको लोकतन्त्रको उपहास हो, राज्यको चरम लाचारीपना मात्र होइन दलित लाइ जे गरे पनि हुन्छ भन्ने उदासिनता मानसिकता हो  ।राज्यका तर्फबाट गरिएको छानबिनको यहि उदासिन माहोलमा आमनागरिक, दलित समुदाय, दलित सरोकार राखने , मानव अधिकारको वकालत गर्नेहरूको औँलाअघि चुनौती र खिसीको उनाइमा परेको काभ्रेका अजित मिजार र लक्ष्मी परियारको हत्या घटना छानबिनका लागि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।  तर खै किन हो मन्त्रीमण्डल बाट निर्णय भएकों साता बित्न लाग्दा पनि समिति यसबारे मौन नै रहन चाहेको प्रतित हुन्छ । यो छानबिन समितिको मौनताको मतलब कुनै मौकामा तहल्का पिट्ने कुनै साइतको तम्तयारी पो छ कि ? या कतै दलितलाईं अझ दलन गर्न र दलितका मुदाले राज्यमा प्रत्य्क्ष प्रभाव नपरोस भनेर थुम थुमाउँन दलितकै नेतृत्वमा छानबिन समिति बनाएको नाटक मन्चन गरिएको त् हैंन ? यदि हो भने रुख काट्ने बन्चरो भएपनि बिड त काठकै हुन्छ भने झै समाउने पनि काठ, काट्ने पनि काठ भए जस्तै हुनेछ दलित समुदायको लागि यो  छानबिन समिति  ।

यदि होइन र सत्य तथ्य सार्वजनिक होस् भन्ने उदेश्यले  जनयुद देखी उत्पीडित समुदायको न्यायको लागी लड़दै आएका दलजीत श्रीपालीको संयोजकत्वमा छानबिन समिति गठन हुन् लागेको हो भने यो समितिले  गर्ने सत्य तथ्य छानबिन र सरकारलाई सुझाब दिई कार्यन्बयन गराउने कुराले पीड़ित भएर न्याय नपाएका दलित समुदायले जीवन र मरणको दोसाँधमा पुगेर भक्कानिँदै पल्लो  किनारमा बसेर न्याय पाइनछ कि भंने एउटा झिनो आशा पालेर  टुलुटुलु हेरिबसेका छन ।त्यस्तै गरि अर्को थरि वल्लो किनारमा बसेर दलितलाई समाजको हरेक ठाऊमा अमानबिय कार्य गर्न अभिसपत भएका एवं बिधमान सम्रचनाले दूधले धोईदिएका पिड़कहरूले के गर्न सकछ भनेर जुँगा मुसार्दै बसेका छन । यस्तो विषम परिस्थितिमा समाजमा युगौ देखि अन्याय सहेर बसेका उपेक्षित, उत्पीडित , दलित समुदायको क़ानूनी राज्य माथीको आस्थाको धरोहर नढलदै  न्याय दिलाउन छानबिन समिति सङ्कल्पित होस् र सफल होस् । अन्यथा दलित समुदाय माथि भएकों यो बर्बरताको न्यायोचित निकास हिजोको माओवादी जनयुद्ध भन्दा पनि धेरै गुणा घातक समाजका उपेक्षित, उत्पीडित , दलित समुदाय मिलेर गर्ने युद्ध हुन् सक्छ । 

No comments:

Post a Comment