थुईक्क तिम्रो ठुलो जात ! कहिले हुन्छ परिवर्तन ?- भवानीप्रसाद शर्मा

विभेद बिरुद्ध अभियान, माघ २-  मुसलमान भाईको फ्रेस हाउसमा गएर उसले हलाल गरी काटेको मासु किनेर खान्छौ, मुसलमानको सैलुनमा गएर कपाल मुण्डन गर्दछौं । मुसलमान भाईकै होटल तथा रेष्टुरा तथा मिठाई पसलमा गएर भोजन गर्दछौं । छोराले क्रिश्चियन धर्मकी गोरेनी केटी बिहा गर्दा गर्ब गर्दछौ । गोरालाई छोरी दिन पाए झनै अगाडी सर्दछौ । बिदेशी नागरीकलाई जुन धर्म, सम्प्रदाय र जातको भएपनि छोरी ज्वाई जस्तै सम्मान गर्दछौ । 

दमाई दाईले सिलाएको कपडा लगाएर आफुलाई उच्च बर्गको ठान्दछौ । कामी दाईले बनाएको महलमा बसेर आफुलाई खान्दानी भन्दछौ । कामी दाईले नै बनाएको मन्दीरमा पुजा गरेर आफुलाई धर्मात्मी घोषणा गर्दछौं । सुनारले बनाएको सुनमा पानी राखेर छर्कीदा शुद्ध हुन्छौ । सार्कि दाईले सिलाएको जुता लगाएर आफुलाई नायक सोच्दछौ । त्यतिमात्र होइन बिभिन्न पार्टीको खोल ओढेर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नारा लगाउँदै छुवाछुत, समानता, बिभेद र माबनअधिकारका भाषण ठोक्दछौं अनि बिकासका गफ गर्दछौ । कुकुर सँग बसेर सँगै खान्छौ, सँगै सुताउँछौ, चुम्वन गर्दछा, काखमा लिएर माया गर्दछौ र तिहारमा पूजा समेत गर्दछौं । तर हिन्दु धर्म भित्रका आफ्नै गोत्रीय दाजुभाई, सँगैका छिमेकी, आफ्नै देशका दाजुभाई तथा दिदी बहिनीलाई तल्लो जातर सानो जातको भनेर छुवाछुतको व्यवहार गर्दछौं ! घरमा बोलाएर बाहिर ल्याएर खान दिन्छौ ! 

बिवाहमा बाजा बजाउन बोलाएर पाखामा लगेर टपरीमा खान दिन्छौ ! किन त्यसो गरेको भन्दा बुढाबुढी वा बावु आमाले मान्दैनन् र बिस्तारै परिवर्तन हुँदै जान्छ भनेर चोखो बन्दछौ ! थुक्क तिम्रो ठुलो जात ! कहिले हुन्छ परिवर्तन ? 
धौलागिरि अनलाइन बाट

No comments:

Post a Comment