मिस एण्ड मिस्टर विश्वकर्मा २०१७ – सोनिया र सिमान्त

विभेद बिरुद्ध अभियान - मङ्सिर २० -मिस एण्ड मिस्टर विश्वकर्मा २०१७’ समपन्न भएको छ। आइतबार रास्ट्रिय नाच घरमा भएको प्रतियोगितमा सोनिया विश्वकर्माले ‘मिस विश्वकर्मा २०१७’ र सिमान्त बराइलीले ‘मिस्टर विश्वकर्मा २०१७’ को उपाधी जितेका छन्। अन्य उपाधिहरुमा महिला तर्फ मिस फोटोजेनिक निशा सुनार, बेस्ट ड्रेस बिनु विश्वकर्मा, मिस ट्यालेन्ट सुसमपन्ना रसाइली, मिस चर्मिंग रेजिना बिश्वकर्मा, मिस पपुलर सोनिया बिश्वकर्मा, मिस बेस्ट स्माइल खुश्बु बिश्वकर्मा, मिस बेस्ट स्किन सरिता रमदम, मिस क्याटवाक सोनिया बिश्वकर्माले जितेकी छिन्। पुरुषतर्फ मिस्टर फोटोजेनिक प्रलाद गजमेर, मिस्टर पर्सनालिटि सिमान्त बराइली, मिस्टर ट्यालेन्ट सुरज बिश्वकर्मा, मिस्टर फ्रेन्डली कमल विश्वकर्माले जिते।
परिवर्तन इभेन्ट नेपालले ‘मिस एण्ड मिस्टर बिश्वकर्मा’ एकैसाथ पहिलो पटक आयोजना गरेको ह। यस अघीका संस्करण मा ‘मिस बिश्वकर्मा’ मात्र आयोजना गरिएको थियो। प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, संचारकर्मी कृष्ण भट्टराई, अन्तराष्ट्रिय मेमोरी पावर ट्रेनर डा नवल पजियार, नेपाल टेलिभिजन डेपुटी मेनेजर दिपक धिताल, क्यानका पूर्व टिम मेनेजर पुर्ण लामा रहनु भएको थियो।
यो प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी तथा फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेकी हुन्। प्रतियोगिताको अफिसियल मेकअप ‘ल्याशेस मेकअप स्टुडियो’ र डिजाइन ‘फ्लोरा बुटिक’ रहेको थियो।
बिश्वकर्मा समुदायका युवाहरूको आफ्नो कला सस्कृति एव पहिचान दिलाउन गरिएको यस कार्यक्रमको सफलताले अझ उत्साहित बनेको र यस प्रतियोगितामा बिश्वकर्मा समाज नेपाल, बिश्वकर्मा समाज यु ऐ ई बिश्वकर्मा समाज कुबेत ले सहकार्य रहेको आयोजक संस्थाका राज बराइलीले बताएका छन्।

No comments:

Post a Comment