११ बर्षीया बालिका शर्मीला परियारको बलात्कार पछि हत्या गरेको आशंका

बिभेद बिरुद्ध अभियान -ओखलढुँगा,४ पौष। आँखा फोरेर ११ बर्षिया दलित बालिकालाई तीन हप्ता पहिले बलात्कार गरिएको भोजपुरको आमचोक गाउँपालिकामा अर्की एक सोही उमेरकी दलित बालिकालाई बलात्कार गरि हत्या गरिएको आशंका बढेपछि प्रहरीले अनुसन्धान थालेको छ ।आमचोक गाउँपलिका १० धारापानीमा हजुरबा हजुरआमासँगै बस्दै आएकी ११ बर्षीया बालिका शर्मीला परियारको बलात्कार गरेर हत्या गरेको घटना ढाकछोप भएको भन्दै गाउँलेहरुले माथिल्लो तहमा उजुरी गरेपछि भोजपुर प्रहरीले उक्त्त घटनाको अनुसन्धान थालेको हो ।
सिलाईको काम गरिरहेकी बालिका शर्मीलाको शवचैत २०७३ मा दिउँसो घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । अनुहार र शरिरमा चोट भएको र दिउँसो रहस्यम तरिकाले झुण्डिएको अबस्थामा शर्मीलाको मृत शरिर फेला परेकोले उनको बलात्कार पछी हत्या गरिएको दाबी गाउँलेहरुको छ । उक्त्त घटनाको तत्काल नजिकै रहेको प्रहरी चौकीका सई गणेश श्रेष्ठले हतारमा बालिका भुण्डिएर मरको हो भन्ने मुचुल्का बनाएकाले घटना ढाकछोप भएको आरोप गाउँलेहरुको छ ।उक्त घटना आत्महत्या नभै हत्या नै भएको र शर्मीलामाथि बलात्कार भएको दाबी गर्दै आफन्त र गाउँलेहरुले पटक पटक भोजपुर प्रहरीसँग आग्रह गरेपनि अनुसन्धान अगाडी बढेको थिएन ।  तर ११ कार्तिक २०७४ मा आमचोकमै १५ बर्षिया अर्की दलित बालिकाको आँखा फोरेर बलात्कार भएपछि गाउँलेहरुले संघिय प्रहरी इकाई धरानमा गरेको उजुरी पछि भोजपुर प्रहरीले शर्मीला परियार घटनाको पुन अनुसन्धान थालेको हो ।
शर्मीला घटनाको चुस्त अनुसन्धान गरेर दोषीलाई पक्राउ गरि कार्बाही गरेको भए दोस्रो घटना नघटने आमचोकबासीहरुले बताएका छन । आमचोक गाउँपालिका उपाध्यक्ष सिता राइले शर्मीला परियार घटनाको अनुसन्धानमा प्रहरीले प्रारम्भमै अनुसन्धान बिगारेको र शंकास्पद व्यक्त्तिलाई पक्राउन गर्न बेवास्ता गर्दा घटना ढाकछोप भएको हुनसक्ने बताइन ।
भोजपुर प्रहरी प्रमुख डिएसपी दिपेन्द्र पंन्जियारले घटना भएको समयमा आफु बहाल नरहेको तर माथिल्लो निकायबाट निर्देशन भएपछि शर्मीला परियार घटनाको पुन अनुसन्धान सुरु गरेको बताए ।

No comments:

Post a Comment