वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई नारायणगोपाल स्मृति सम्मान

विभेद बिरुद्ध अभियान - काठमाडौं,२० मंसिर २०७४, - स्वर-सम्राट् नारायणगोपाल गुरुवाचार्यको २७औं स्मृति दिवसको अवसरमा वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई नारायणगोपाल स्मृति सम्मान अर्पण गरिएको छ।नारायणगोपाल संगीत कोषले राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रसाइलीलाई २५ हजार नगद तथा सम्मानपत्रबाट सम्मान गरे। 

सम्मान ग्रहण गर्दै वरिष्ठ संगीतकार रसाइलीले नेपालको गीत-संगीत क्षेत्रको विकासमा नारायणगोपालले पुर्‍याएको योगदान अविष्मरणीय भएको बताए। 
कार्यक्रममा गीतकार रत्न शमशेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई विशिष्ट गीतकारका रुपमा सम्मान गरियो।

राष्ट्रकवि घिमिरेले नारायणगोपाल आफ्नै सुरतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको स्मरण गरे।कार्यक्रममा विभिन्न गायक-गायिकाले गीत-संगीत प्रस्तुत गरेका थिए।

No comments:

Post a Comment