रुकुम पश्चिमको प्रदेशसभा ‘क’मा माओवादीका रातो कामी विजयी

विभेद बिरुद्ध अभियान - मंसिर २२, २०७४-रुकुम पश्चिको प्रदेशसभा सदस्य क निर्वाचन क्षेत्रबाट रातो कामी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका कामी १६ हजार ८ सय १० मत सहित विजयी भएका हुन् । 
उनले नेपाली कांग्रेसका कृष्णबहादुर रोकायलाई पराजित गरे । रोकायको पक्षमा ८ हजार ५ सय ७५ मत आएको छ । कामी र रोकायबीच ८ हजार २ सय ३३ मतान्तर छ । उक्त निर्वाचन क्षेत्रमा २७ हजार १ सय ७४ मत खसेकोमा २५ हजार ८ सय ६९ मत सदर भएको छ भने १ हजार ३ सय १५ मत बदर भएको छ ।

No comments:

Post a Comment