रामेछाप बेतालीका एक दलितलाई मन्दीर भित्र पसेकाे भन्दै ५ हजार जरिवाना

लेखबहादुर बिक, विभेद बिरुद्ध अभियान -माघ २३, रामेछाप । रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दीर भित्र पसेको भन्दै ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्ण कुमार बिश्कर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दीरमा पसेको निहुँमा मन्दीरका पुजारी छत्र बहादुर बुढाथोकी लगाएतका मानिसहरुले चोख्याउनु भन्दै मन्दीरमा रुद्री लगाई ५ हजार जरिवाना तिराएका हुन् । 
२१ औ सताब्दीमा भेदभाव र विभेद मुलक समाज निर्माण गर्न भन्दै दलितका नाममा भेदभाव भए सरकारले कडा कारबाहि गर्ने कानुनहरु बनाएको छ र बिभिन्न ठाउँहरुमा दलितमाथि बिभेद गर्नेलाई कानुन अनुसार कार्वाहि पनि भएका छन् ।
माघ २२ गते शनिबार मन्दीरमा पुजा गर्न जाँदा मन्दीर भित्र पसेको र पुजारीहरु बिच हल्ली खल्ली भएपछि पुजारीहरु दलित मन्दीरमा पसेको भन्दै पुजा नगर्ने भनि मन्दीरवाट बाहिर निस्कीएको पिडित कृष्ण बहादुर बिश्वकर्माले जानकारी दिए ।
 मन्दीरमा दलित पसेको भन्दै पुजारी लगाएतका समुहले मन्दीरमा तत्काल चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरुलाई पुजा गर्न लगाएको बेताली गाविसका प्राबिधिक बाबुराम घिमिरेले बताए। अहिलेकाे समयमा पनि मन्दीर जस्तो ठाउमा आफुमाथी नराम्रो ब्यवहार भएको भन्दै यसका बिरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने पिडित कृष्ण बहादुर बिश्वकर्माले बताए ।

No comments:

Post a Comment