छुवाछुत गरेको भन्दै एकै परिवारका ३ जनामाथि निर्घात कुटपिट

विभेद बिरुद्ध अभियान, फागनु ७ –राजपुर गाविस-३ चौरीका ५१ वर्षीय सन्तबहादुर सुनार, २५ वर्षीया बुहारी सुष्मा सुनार र १६ वर्षीया छोरी अन्जना सुनारलाई माघ २७ गते छुवाछुत गरेको आरोपमा सोही गाविस-३ का ३३ वर्षीय चुमान सिंह जिसीले कुटपिट तथा गालिगलौज गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा फागुन ५ गते उजुरी दिएको छ ।
उजुरीका आधारमा आरोतिलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई हरसिहं धामीले जानकारी दिए ।
कुटपिटका कारण तीनै जना घाइते भएको प्रहरीले जनाएको छ । पीडित तीनै जनालाई गाउँलेको सहयोगमा तौलिहवा अस्पताल पुर्‍याई सामान्य उपचार गराएपश्चात थप उपचारको लागि बुटवल अञ्चल अस्पताल ‘रिफर’ गरेको पीडित सन्तबहादुर सुनारले बताए ।

No comments:

Post a Comment