आशिष परियार फेसबुकबाटै पिडितलाई सहयोग जुटाउँछन्

विभेद बिरुद्ध अभियान - फाल्गुन १० , २०७३- मलेसियाको जोहारेमा रहेका बेनी नगरपालिका–२ अर्जमका आशिष परियार ‘झिल्के’लाई फुर्सद छैन् ।कम्पनीबाट उनले कहिल्यै विदा समेत लिदैनन् । दैनिक १२ घण्टा कम्पनीको काममा ब्यस्त हुने परियारले हप्तामा एकदिन पनि विदा पाउँदैनन् ।विहानै कम्पनीमा पुग्ने परियार राती कोठमा फर्कदा कम्पनीका अन्य साथीहरुको भन्दा उनको जिम्मेबारी फरक छ ।सुत्ने समयमा उनले समस्यामा परेका नेपालीलाई आर्थिक संकलन गर्ने गरेका छन् । आर्थिक अभावका कारण उपचारमा बन्चित भएका देखी बेसहारा बालबालिकाको रेखदेख लगाएत विभिन्न सामाजिक कार्यमा सामाजिक सञ्जाल फेसबुकमार्फत आर्थिक संकलन अभियान सञ्चालन गर्ने गरेका छन्। ‘एकदिन पनि विदा हुदैन्, सुत्ने समयमा साथीहरुलाई फेसबुकबाट आर्थिक सहयोग जुटाएर सहयोग गर्ने गरेको छु’ परियारले बेनीअनलाइनलाई भने ।
उनले मलेसिया देखी अन्य खाडी मुलुक, यूरोपसम्म अभियानका बारेमा सामाजिक सञ्जालको प्रयोग गरेर जानकारी गराउने गरेको बताए ।केही महिना अगाडी काभ्रे जिल्लामा बोक्सीको आरोपमा स्थानीयको कुटपिटबाट ज्यान गुमाएकी लक्ष्मी परियारका ३ जना छोराछोरीको शिक्षादिक्षामा खर्च गर्न परियारकै सक्रियतामा ५२ हजार ७ सय रुपैयाँ संकलन गरी पिडितलाई हस्तान्तरण गरिएको छ । ‘जन्मभूमिमा भएका घटना र समस्याले कर्मभूमिमा आँखा रसाउँछन्’ परियारले बेनीअनलाइनलाई भने ।उनले आफुँले खाना खाएर सुत्ने समयमा मध्यरातसम्म विभिन्न अभियानमा आर्थिक संकलन गर्न अनुरोध गर्ने गरेको अनुभव सुनाए । ४ बर्ष मलेसियामै रोजगारी गरी नेपाल फर्किएका परियारले केही समयम नेपालमै रोजगारी गरेपछि दुईबर्ष अगाडी देस्रोपटक मलेसिया पुगेका थिए । उनले साहित्यकार झमक कुमारी घिमिरेलाई मेहनतबाट उ्रत्साहित भएर १ लाख ४० हजार बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रलाई पठाएका थिए ।त्यस्तै बागलुङ्ग धम्जा १ घरभई मलेसियामा निधन भएका प्रकाश थापा मगरलाई २८ हजार बागलुङ्गका पत्रकार दिल श्रीषमार्फत परिवारलाई

हस्तान्तरण, बेनपा–२ अर्जमकी मुटु रोगी अरनिमा नेपालीको उपचार लगाएत मलेसियामा अलपत्र परेका नेपालीको उपचार, स्वदेश फिर्ता लगाएतका अभियानमा समेत सहयोगीका भूमिका निर्वाह गरेकाछन् । ‘धेरै साथीहरुको सहयोग संकलन गरेर पठाउने गरेको छु । साथीहरुको साथले सक्रिय रहेका सबैजसो अभियान सफल भएका छन्’ उनले भने । सुत्ने ६ घण्टाको समयलाई आर्थिक संकलन अभियानका रुपमा प्रयोग गर्ने गरेका परियारले भविस्यमा समेत अभियानमुखी कार्यक्रममा सक्रिय हुने प्रतिबद्धता जनाए । आर्थिक संकलन संगै दलितका समस्यालाई समेत सामाजिक सञ्जालमार्फत उजागर गर्ने गरेका परियारले म्याग्दीमा सुरु भएको ओमकुमारी शान्ति कोषको परोपकारी अभियानबाट समेत उत्साहित भएको बताए ।
बेनी अनलाइन बाट साभार 

No comments:

Post a Comment