दलित र ओझेलमा रहेको कालीकोट फोइमहादेबको महिला आफै अग्रसर हुदै

नन्दकृष्ण अधिकारी- विभेद बिरुद अभियान - माघ २८ - कालिकोट–सरकार तथा सम्बन्धीत निकायहरुले सुगममा मात्र विकास तथा चेतनाका फाईल पल्टाई रहेका वेला मध्यपहाडको दुर्गम जिल्ला कालीकोटको फोइमहादेब  गाँउ बिकास समितीको वडा १ नाग्म घाटका  दलित बस्तीका महिला  तथा कटुवाल बस्तीका महिलाहरु दिन प्रतिदिन सामाजिक काम प्रति अग्रसर हुदै गएका छन ।
जिल्ला सदरुमुकाम मान्म देखि २० कोष टाढा दलित समुदायको बढि बाहुल्यता रहेका यस बस्तीका महिलाहरु समुदायिक बिकास कार्यक्रम सिडिपी कार्यक्रमले  संचालन गरेका नागरिक सचेतना केन्द्र मार्फत सामाजिक रुपान्तरणका लागी सामाजिक काम प्रति अग्रसर भएका हुन ।
कालिकोट जिल्लाका अति दुर्गम विभिन्न गाविसहरुमा समुदायिक बिकास कार्यक्रम सिडिपी कार्यक्रम संचालन भए संगै दलित बस्तीहरुमा पनि नागरिक सचेतना केन्द्र गठन गरी विभिन्न किसिमका नागरिक सचेतना सम्बन्धी तालिम  दिएपछि  दलित बस्तीका महिलाहरु  खुसि हुदै  सामाजिक रुपान्तरणको काममा लागेका हुन  ।दलित र कटुवाल जातिको मात्र बसोबास रहेको दुर्गम बस्तीमा अझै पनि राज्यको पहुच पुग्न सकेको छैन । १५० भन्दा बढि दलित  र कटुवाल जातिका घरदुरी रहेको  बस्तिमा बिगतका दिनमा कुनै पनि संघ सस्थाको पहुच पुग्न नसकि रहेको बेलामा यस समुदायिक बिकास कार्यबmम ले नागरिक  सचेतना केन्द्र गठन गर्दै विभिन्न किसिमका भौतिक  विकास निर्माण तथा पुर्वाधार निर्माणमा काम गर्दा  आफुहरु खुसि भएको स्थानिय बासिले बताउछन ।
अर्को तिर  भौगलिक कठिनाइ भिरालो बाटो ले गर्दा बालबालिका ५ बर्ष उमेर पुरा गरेर मात्र बिद्यालयमा पठाउने चलन ले गर्दा यस समुदायमा हाल सम्म कमैले मात्र एस. एल.सि. पास गरेका छन । अरुको काम गरेर दैनिकी गुजारा चलाउनु पर्ने र भारतमा गएर  घर खर्च चलाउनु पर्ने कठिनाइ ले गर्दा यस समुदायका बालबालिकाहरु समयमा बिद्यालयमा पढन नसकेको स्थानियको भनाइ रहको छ ।  समयमा बालबालिकालाइ बिद्यालयमा भर्ना ,जन्मदर्ता  गाबिस बाट पाउने सेवा सुबिधाको बारेमा आम नागरिक लाई जानकारी, महिला हिंसा अन्त्य बाल बिबाह ,छाउपडि प्रथाको अन्त्य ,लगाएतका कार्यक्रमको बारेमा जानकारी दिने ,समुदायलाइ भुकम्प सुरक्षा दिबस,मानबअधिकार दिबस जस्ता सामाजिक अभियान संचालन गर्ने काम पनि नागरिक सचेतना केन्द्रले गर्दै आएको वडा नागरीक मच्चका संयोजक ललित नेपालीले  बताए ।
समुदाय स्तरमा जनताको  हक हितको लागी  काम गर्ने अन्य सस्था आए पनि बिकासको लागी हाते मालो गर्ने सामुदायिक बिकास कार्यक्रम गाँउ बस्तीमा आय पछि आफुहरुलाइ त ढुङ्घा खोज्दा देउता भेटीए जस्तै महसुस भएको नागरिक सचेतना केन्द्रका संयोजक पुन्ना कटुवालले बताइन ।
स्थानियवासी धना नेपाली भन्छीन “गाँउका सबै जसो पुरुषहरु प्रत्येक बर्ष भारतमा जाने र काम गरी फर्केने गर्दथे भने यस बर्ष भने सबै स्थानियवासिले स्थानिय स्तरमै भौतिक  विकास निर्माण तथा पुर्वाधार निर्माणका  काम पाए पछि हामी सबै  खुसि छौ ” उनले भनिन “यस्तै काम  अन्य दलित र ओझेलमा परेका बस्तीका समुदायमा पनि यो कार्यक्रम लागु गरिए सबै गाँउमा परिवर्तन आउने थियो ।”
सामुदायिक विकास कार्यक्रम सिडीपि  कालिकोटका जिल्ला संयोजक लिलाराम न्यौपाने  कार्यक्रम जिल्लाका १० वटा गाविसमा संचालित रहेको बताउदै यो कार्यक्रम विकास निर्माण को हिसाबले पछाडि परेको अति दुर्गम तथा पिछडीएका गाविसहरु  माल्कोट, रुप्सा, कोटवाडा, मेहेलमुडी ,फोइमहादेव, राँचुली, जुविथा, छाप्रे, लालु, र मुम्रा लगाएतका गाविसमा कार्यक्रम लागु गरिएको र एलजिसिडीपी कार्यक्रमको परिपुरकको रुपमा सामाजिक रुपान्तरणको क्षेत्रमा सहयोग गदै भौतिक  विकास निर्माण तथा पुर्वाधार निर्माणमा सहयोग गदै स्थानिय निकाएको योजना तर्जमा प्रक्रियामा  समेत सहयोग  गरेको बताउछन ।
हाल जिल्लाका विभिन्न ठाउमा १५७ वटा नागरिक सचेतना केन्द्र मार्फत सिडिपीले समाजीक रुपान्तरको क्षेत्रमा काम गर्दै आई रहेको छ । सामुदायीक विकास कार्यक्रम नेपाल सकार तथा बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रम नेपाल ग्रामीण पून निर्माण सँस्था को नेतृत्वमा बिश्व खाद्य कार्यक्रम र (इएः) अक्शफोड पोली म्यानेजमेन्ट को साझेदारीमा कर्णाली अञ्चलका ५ वटै जिल्लामा  यो कार्यक्रम सञ्चालीत रहेको छ ।
यस जिल्लामा बिश्व खाद्य कार्यक्रमको सहजीकरणमा विभिन्न अन्य कार्यक्रमहरु पनि हुने गरेको छ ।

No comments:

Post a Comment