त्यसो त इतिहासलाई हेर्ने हो भने भारतमा डा.भीमराव अम्बेडकरको नेतृत्वमा भएको बीसौं शताब्दीको बृहत् दलित आन्दोलनले संघर्षकै मैदानबाट हिन्दु वर्ण विभाजनमा शूद्र भनिएका समग्र उत्पीडित समुदायलाई एउटै शब्दले सम्बोधन गर्न दलित शब्द रचिएको पाइन्छ । यसरि रचिएको भारतको दलित आन्दोलनबाट स्थापित दलित शब्दलाई नेपालमा वि.सं. २०२४ सालमा गठित नेपाल राष्ट्रिय दलित जनविकास परिषदको नाम मार्फत सुरु गरेको पाइन्छ । त्यसपछि आजसम्म नेपालमा दलित शब्द दलित आन्दोलन र राजनैतिक एवं सामाजिक क्षेत्रमा स्थापित बनेको छ भने धेरै ब्यबस्था परिवर्तन भए पनि अहिले सम्म दलित र दलित सरोकार सम्बन्धि भनेर नेपालमा हजारौ दर्ता भएका संघसस्था अञ्चल , जिल्ला र गाउ सम्म क्रियाशील छन् । यहि तथ्यलाई बुझेका सदियौ देखिको जातिय उत्पिडनको विरुद्ध लागेका , लामो समय सम्म नेपालको दलित आन्दोलनलाइ बुझेका र दलित सरोकार राख्री संघ सस्था खोलेका एव राजनीति गरेका एक थरीले दलित सब्द्को बिकल्पमा अर्को सब्द खोजनु भनेको केटाकेटीपन भएको बताउदै आएका छन। भने अर्को थरि दलित शब्दको विकल्पमा खोज्ने तथा आफुलाई दलित होइन भन्नेहरुले राष्ट्रसंघको कुनैपनि महासन्धी, प्रोटोकल, वडापत्रमा दलित भनेर उल्लेख गरेको छैन तर भारतीय दलित सब्द अंगालेर नेपाली समाजमा ज्ञान र सिपको धनि हामीले किन सधै दमित भएर बस्नु पर्ने भन्दै अब दलित सब्द्को पछाडि लाग्नु भन्दा पनि सामाजिक परिवेश सुहाउदो र आर्थिक समृद्धि तर्फको सिल्पी भंनिने बताई रहेका छन ।
वि.सं. २०२४ सालमा नेपालमा दलित सब्द्को प्रयोगको सुरुवात भए पनि नेपालमा अहिले दलित समुदाय भनिएकाको इतिहास हेर्ने हो भने भगत सर्वजीत विश्वकर्माको नेतृत्वमा वि.सं. २००३ सालमा “विश्व सर्वजन सङ्घ”,२००४ सालमा सहर्षनाथ कपालीको नेतृत्वमा “टेलर युनियन”, पूर्वी नेपालको धरानमा जदुवीर विश्वकर्माको नेतृत्वमा “नेपाल समाज सुधार सङ्घ”, २००७ सालमा तनहूँमा चन्द्रलाल विश्वकर्माको नेतृत्वमा “नेपाल हरिजन सङ्घ”, २००९ सालमै सहर्षनाथ कपालीकै नेतृत्वमा “समाज सुधार सङ्घ” जस्ता फरक फरक नाम बाट मोर्चा गठन भएको पाइन्छ । वि.सं. २००३ साल देखि अहिले सम्म भएको आन्दोलनको निचोडलाई हेर्ने हो भने युगौ देखीको सामाजिक आर्थिक राजनीतिक र धार्मिक रूपमा पछी पारिएकाहरू हामीहरू यो हौ भन्दै समुदायको राजनीति गरेर खादा लाउने , कुर्शी पाउने र राजनीतिक दलको झोला बोकने देखी बिभिन्न नामको पहिचान लिएर मुखंडो फेरदै नाटक देखाउनै व्यस्त छन ।तुलनातामाक रुपमा समुदायका टाढा बाठाका अवस्थामा केही न केही सुधार भएको छ । तर समाजमा अजित मिझार , लक्ष्मी परियारहरु दलित भएकै कारण आज पनि मारिएका छन् । कृष्ण कुमार बिश्वकर्माहरुलाइ मन्दिर छोइयो भन्दै जरिवाना तिराइदैछ । कानुन ले प्रत्याभूत गरेको न्याय समेत पाउन सकेका छैनन । यस्तो बेलामा सतहमा हामि दलित कि सिल्पी भन्ने बहसको उठान भएको छ ।
गहन अध्ययन गरेका समुदायका बौद्धिक ब्यक्तित्वहरुले मिडियामा निरन्तर हामि दलित कि शिल्पी के हौ भनेर तथ्य प्रमाणहरु समेत लेख मार्फत पेश गरि रहनु भएको छ । यधपी कुनै पनि दलितले आफुलाई मन परेको दलित समुदायको भन्न र मन नपरेमा अर्को कुनै पहिचान राख्ने अधिकार सुरक्षित छ । किनकी हामि लोकतन्त्रमा छौ । फेरी पनि मैले दलित कि शिल्पी भन्ने पक्ष बिपक्षमा भन्दा पनि अब यो समुदायमा हामि के हौ भन्ने एक बहसको बिषयको छिनोफानो होस् भन्ने मान्यता राख्छु किनकि तर्क र बितर्क एक ठाउँमा होलान तर सतहमा हामि के हौ भन्ने त प्रश्न चै पक्कै जन्माएको छ । किनकि पछिलो सात दशकमा पनि बिभेदको जातोमा पिसिएर आएका हामि राज्य र समाज बाट एकै किसिमको सामाजिक विभेद भएको समुदाय हौ भनेर पहिचान बन्न सकेन । आजसम्म आफु र आफ्नो समुदायलाई नियोजित रुपमा राजनीतिक अधिकारमा, सामाजिक तथा प्राकृतिक सम्पदामा,आर्थिक तथा उत्पादनका साधनमा, आय आर्जनको स्रोतमा, सामाजिक–सांस्कृतिक मूल्य–मान्यतामा, शिक्षा, स्वास्थ्य, रोजगारी तथा राज्यका सबै निकायमा वञ्चितिमा पारिएको बिरोध गर्ने हिम्मत आएन । कति आफन्त मारिदा , सार्वजनिक रुपमा अपमान विभेद गरिदा र आफैले भोग्दा ,समाजको सम्पूर्ण प्राविधिक खाँचोलाई आफु र आफ्नो समुदाय बाट पुरा गराउदै आएको र राज्यको पहुँच बाहिर उभाइएको असमतायुक्त ब्यबहारको पिडा समेत आत्मा बोध हुन सकेन ।
हामि को हौ भन्ने खोजीमा अहिले आफु दलित हैन भन्दै पछुतो गर्ने र दलित होइन भन्दै आत्मा सुधार तर्फ लाग्नेहरुको पछिललो समय एक थरिले आफ्नै मात्र कला सस्कृतिको रक्षा गर्ने आफुलाई सिल्पी मान्दै आफ्नै समाज भनेर एउटा भितामा उभाएका छन् भने अर्को थरीले युगौ देखी हामी त भगवानका सन्तान हौ दलित होईनौ भन्दै अर्को भितामा कोरस गर्दैछन् । यसरि बिभिन्न गुट , उपगुट , एनजीओ ,आइएनजीओ संघ सस्था बाट दलित आन्दोलन लाई धमिराले खाई सकेको अवस्था छ ।समुदायका समस्या लाई समाधान गर्नु भन्दा आफनो खल्ती भर्नेको जत्थाले दलित आन्दोलन गन्तब्यहिन र खोक्रो भै सकेको छ । यधपी समतामूलक समाज निर्माणका लागि शोषण, दमन र उत्पीडनमा परेका उत्पीडित वर्गको इमान्दारिता ,सचेतता एवं एकताबद्ध आन्दोलनको खाँचो छ । जति नीति नियम बन्ने पनि फितलो कार्यन्बयन, अनुगमन नहुने परिपाटी र दलित समुदाय एक भएर आवाज उठाउन नसक्ने सस्कारले दलित भनिएका जातहरु सदियौँदेखि जरा गाडेर बसेको अन्धविश्वासभित्रको गरिबी, अन्याय, अत्याचार, अशिक्षा, भोकमरी, हिंसा, कुरीति, पक्षपात, शोषण, दमनबाट बढी प्रताडित छन । शिक्षा लिने स्रोत र सामथ्र्यको अभावमा तड्पिएका बहुसङ्ख्यक दलित समुदाय शिक्षाको उज्यालोबाट वञ्चित हुनुपरेको छ । गरिबीको जन्जिरले जेलिएका दलित समुदायको सामाजिक विभेद नै सबैभन्दा ठूलो समस्या हो । त्यसैले जसले जे जे भनेर बिभिन्न नामको पहिचान लिएर मुखंडो लाए पनि हाम्रो मुद्दा भनेको सामाजिक विभेदको हो, अन्य नागरिक सरह मानव भएर सम्मानित तरिकाले बाँच्न पाउनु पर्ने अधिकारको हो ।
यति जान्दा जान्दै पनि जब पर्यो राती तब खै के ताती भन्या जस्तो सतरी बर्ष सम्म हामि के हौ भनेर कानमा तेल हालेर बसे अब नया सविधानमा दलितका आधारभुत अधिकारहरु सुनिश्चित गराउका लागि लाग्नु पर्ने , जुट्नु पर्ने , एकता हुनु पर्ने बेला हामि भगवानका सन्तान हौ , सिल्पी हौ भन्नेर आफैले आफु लाई बुझ्ने , चिन्ने "सेल्फ रियलाईजेसन्" गर्ने नौटंकी गरी रहेका छन । यधपी यो नौटंकी इमान्दार भएर कार्यन्वयन गरेमा एउटा सार्थक नयाँ अभियान हुन सक्ला । तर पद र कुर्सिका लागि मात्र दलित सब्द्को बिकल्पमा नाम जुराउने ,भएको एक्ता लाइ टुकराउने र पछि केहि नगर्ने नेपालको राजनीतिक दलको फुटको रोग आफुलाई शिल्पी, उत्पीडित र भगवानका सन्तान भन्नेहरु लाइ नलागोस, शुभकामना ।
No comments:
Post a Comment