केपी अनमोल - विभेद बिरुद्ध अभियान , फागुन १५ , -चार बुँदे घोषणा पत्र जारि गर्दै एसिया स्तरिय “काम र वंशका आधारमा विभेद” बिषयक दुई दिने सम्मेलन आईतबार सम्पन्न भएको छ । एसियाका देशहरुमा बिद्यमान जातिय तथा बर्गिय विभेदका विषयमा अन्तर देशिय अवस्था र अनुभवहरुको आदान प्रदान र जातिय तथा बर्गिय बिभेद अन्त गर्नका लागी चार बुँदे घोषण पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । काम तथा बंशका आधारमा रहेको विभेदलाई हटाउन न्यायमा पहुँच, लैङगीय न्याय, अर्थिक तथा बिकास र विपत ब्यवस्थापनमा सरकारहरुले प्राथमिकता दिनु पर्ने निष्कर्ष सहितको घोषण पत्र जारि गरिएको छ ।
सम्मेलनमा सहभागि विभिन्न देशका सांसदहरुले काम र बंशका आधारमा गरिने विभेद अन्त्यका लागी उतm सम्मेलन कोशेढुङँगा सावित हुने बिस्वास व्यक्त गरेका छन् । ऐतिहासिक उतm सम्मेलनले उठाएका सवालहरु कार्यन्वयनका लागी आ आफ्नो देशको सरकारलाई दवाव दिने समेत सांसदहरुले प्रतिबद्धता ब्यतm गरेका छन । उनिहरुले अहिले पनि विश्वका १६० लाख मानिसहरु काम र बंशका आधारमा गरिने विभेदको मारमा परेको र उनिहरुलाई सामाजिक न्याय , मानवअधिकार, आर्थिक तथा संस्कृतिक अधिकार बाट बञ्चित गरिएको बताए । यसको अन्त्यका लागी संयुक्त राष्ट्र संघले आफ्नो नयाँ घोषणा पत्र मार्फत अगाढी बढ्नु पर्नेमा जोड दिएका छन् ।
विश्वको कुल जनसंख्यको चार प्रतिसत जनसंख्या विभेदमा रहेको बताउदै यसको अन्त्यका लागि शिक्षा, आर्थिक, बिकासमा विश्वले नै लगानी गर्नु पर्ने माग समेत गरेका छन । बिभिन्न देशका करिव तिन दर्जन भन्दा बढी सांसद, मानव अधिकारकर्मी र दलित अधिकारकर्मी लगायत एक सय भन्दा बाढी प्रतिनिधी सहभागी सम्मेलनले जातिय भेदभाव तथा छुवाछूत अन्त्यका गि विश्वब्यापी पहल हुनु पर्ने र त्यसका लागी साझाँ पहल र साझा अभियानका साथ अगाढि बढ्नु पर्ने बताएका छन् ।
विश्वभरीरका दलित समुदायको अवस्था, उनिहरुका हक अधिकार र काम र वंशका आधारमा भइरहेको विभेद अन्त्यका लागि गर्नुपर्ने पहल बारे सम्मेलनमा छलफल भएको सांसद मिन बिश्वकर्माले बताए । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, मलेशिया, जर्मन लगायतका देशका दलित सांसदहरुले आ आफ्रनो देशमा बंशका आधारमा गरिने विभेदको अवस्था र ति देशहरुले विभेद अन्त्यका लागी गरेका पहल तथा कानुनी व्यवस्था लागायतका बारेमा अनुभव आदनप्रदान गरेका थिए ।
उनका अनुसार सोमबाहर बिहान जारि चार बुँदे घोषणा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने कार्यक्रम रहेको छ ।
दलित समुदायले अझ संघर्ष गर्नुपर्ने : मन्त्री सिरपाईली
दलित समुदायले अझ ठुलो संघर्ष गर्नु पर्ने बेला आएको युवा तथा खेलकुद मन्त्रि दलजित सिरपाईलीले बताएका छन् । दलित संघर्षकै प्रतिफल नयां सविधानमा दलित अधिकार समेटिएको बताउदै मन्त्रि सिरपाईलीले संविधानमा ब्यवस्था गरिएको दलित अधिकरलाई सुनिश्चित गर्न अझ एकपल्ट दलित समुदायले शसतm संघर्ष गर्नु पर्ने बताए ।
एसिया स्तरिय “काम र वंशका आधारमा विभेद” बिषयक दुई दिने सम्मेलनको आईतबार समापन गर्दै मन्त्रि सिरपाईलीले एसियाका दलित सांसदहरुको सम्मेलन नेपालमा हुनु एतिहासिक भएको बताए । सम्मेलनले जारि गरेको घोषणा पत्रलाई कार्यान्वयनका लागि सरकारको ध्यानआर्कषण गराउने र आफ्नो तर्फबाट भरपुर कोशिस गर्ने समेत मन्त्री सिरपाईलीले बताए ।
सरकारमा पुग्नुका लागि आफुले थुर्पै संघर्ष गरेको अनुभव सुनाउदै मन्त्री सिरपाईले संघर्ष बिना दलित अधिकार सुनिश्चित नहुने भएकाले एसिया लगाएत विश्व भरि बिभेद बिरुद्ध काम गर्ने सम्पुर्ण ब्यतmी, निकाय, संघसस्थाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएको जागरण मिडिया मा खबर छ ।
No comments:
Post a Comment