३२ बर्ष पछि व्यवस्थापन समितीको अध्यक्षमा दलित समुदायबाट अध्यक्ष चयन

शेर नेपाली - विभेद बिरुद अभियान - माघ २८ , डडेल्धुरा, - अमरगढी नगरपालीकामा रहेको लटेश्वर बिद्यालयमा ३२ बर्ष पछि व्यवस्थापन समितीको अध्यक्षमा दलित समुदायबाट अध्यक्ष भएका छन । डडेल्धुरा सदरमुकाम नजिकै अमरगढी नगरापलिका वडा न. १ मालममा रहेको लटेश्वर आधारभुत बिद्यालयले ३२ वर्ष पछी विद्यालय व्यवस्थापन समीतीको अध्यक्षमा दलित समुदायबाट अध्यक्ष चयन भएका छन । 
२०४१ सालमा स्थापना भएको विद्यालयमा पहीलो पटक दलित समूदायवाट डम्वरबहादुर दमाई अध्यक्षमा चयन भएका हुन । दमाईको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समीती गठन गरीएको हो । 

शैक्षीक सूधारमा वृद्धी गर्ने, खेल मैदान निर्माण गर्ने, विद्यालयको कोष वृद्धी गर्ने तथा बिद्यालयको शैक्षिक, भौतिक चौतर्फी विकास गराई विद्यालयलाई समूदाय मूखी वनाउने अध्यक्ष दमाईले प्रतीवद्धता जनाएको सञ्चारकर्मी गणेश रोक्काले खवर पठाएका छन ।

No comments:

Post a Comment