“अबको आवश्यकता : अवशरको सहि पहिचान र प्रयोग” - राम कुमार परियार

विभेद बिरुद्ध अभियान - ९ बैशाख २०७४, समय चुनावको चहलपहलको छ । बजार भरी हल्ला चुनाव र चुनावसँग सम्बन्धीत ब्यक्तिहरुको भईरहेको छ । राजनितिक पार्टीहरु आ —आफनो प्रचार प्रसार र घोषणा पत्र निर्माणमा लागी परेका छन । गाउँपालिका र नगरपालिकाको पनि निकै हल्ला खल्ला भईरहेको छ । सरकारले यसपटक गाउँपालिकामा सदस्यको रुपमा अनिवार्य दलित महिलाको ब्वयवस्था गरिएको छ । यो राम्रो कुरा पनि हो । तर, अहिले बजारमा यसको बिरुद्धमा आवाज उठिरहेको पाईन्छ । किन, दलितलाई सदस्यमा मात्र सिमित भनेर । के दलित समुदाय त्यो भन्दा माथी गएर काम गर्न सक्दैनन र ?.
छक्क पर्छु किन दलित समुदायलाई मात्र् नोमिनल स्वरुपमा राखिन्छ अर्थात नाम मात्रको जिम्मेवारीमा । हिजो  आरक्षणको रुपमा अन्य समुदायलाई भन्दा कम भन्दा कम प्रतिशतको आरक्षण कोटा दिएर नाम मात्रको आरक्षण ब्यवस्था । त्यस्तै, छुवाछुतलाई सामाजीक अपराध भनेर घोषणा गरे पनि त्यो नाम मात्रको नियम भएर बसेको छ र आज सदस्यको रुपमा जिम्मेवारी दिएर चुप लगााएर बस्नै काम मात्र दिन खोजिरहेको छ । अहिले अजित मिजार र लक्ष्मी परियारले ज्यान गुमाएको बर्षौ दिन बित्न लाग्दा बल्ल सामान्य रुपमा न्यायको न्वारण भएको छ । अझै दोषीलाई त कारवाही गर्न र सजाय दिन बाकी नै छ । के कसैले सोचेको छ यो बेलामा आएर लक्ष्मी परियार र अजित मिजारको परिवारले सरकारको सहयोग किन पाएको छ । के यो सहयोग आज भन्दा बर्ष दिन अघि घटना घटेको केहि समय पछि दिन सकिदैनथ्यो र रु. सबै नाटक, अहिले चुनाव आएको छ । यति गरियो भने दलित समुदायको भोट पाईन्छ भनेर होला यो निर्णय भएको । अब कुन दिन दोषीले सजाय पनि पाउने भयो भनेर निर्णय हुन बेर छैन ।
कति खेल्न सकेको हौं यि गरिब र दलित समुदायको भावनासँग । यी अबशरमा लोभिने भेडा जनताहरु अब त आफनो बुद्धि खियाउ । अहिले पनि सरकारले दलित महिलालाई सदस्यको रुपमा अनिवार्य भनिराखेको छ । के त्यो अनिवार्य त अध्यक्ष पदको लागी पनि हुन सक्थ्यो होला नि हैन र ? ये दलितका अगुवा भनाउदा नेताहरु किन अगाडी आउदैनौं । आज तिमीहरुलाई हाम्रो र हामीलाई तिमिहरुको अर्थात हामीलाई एक अर्काको साथ चाहिएको छ ।उठ, उठाउ, छान, गाउपालिकाको लागी दलित समुदायबाट अध्यक्ष पदमा । मेयर उपमेयरको पदमा । यो मौका हो ।आज सबै दलित समुदाय मिलेर हाम्रो भविष्य निर्धारण गर्न सक्ने सहि ब्यक्तिको छनौट हुनु जरुरी छ । हामी मिलेरआज गर्न सके यसले भोलीको सुन्दर भविष्य सुनिश्चितता गर्दछ । हामीलाई हाम्रो सर्जक चाहिएको छ । अबशरवादी होईन ।दिन दिनै चुनावको माहौल तात्तीरहेको छ । खबरदार, चुनावी घोषणापत्रमा दलित समुदायलाई लोभ्याउने तिम्रा कार्य नितिहरु हामीलाई चाहिएको छैन । हामीलाई हाम्रो मर्म बुझेर कर्म गर्ने हाथ चाहिएको छ । हाम्रोबिकासमा सँगै हिडने साथ चाहिएको छ ।सदस्यमा दलित महिला उठाएर सरकारले उहि देखावटी कार्य मात्र गर्न खोजिरहेको छ । त्यसमा पनि बिभिन्नपार्टिबाट आफनो नाम सिफारिश गरिरहेको देख्छु । कोहि बच्चा बोकेर, कोहि सम्बन्ध बिच्छेद गरेर पनि यो चुनावमा सदस्य पदको लागी पछि लागिरहेका छन ।
के त्यसरी, एउटै पदको लागी बिभिन्न ब्यक्ति उठेर प्रतियोगिता गर्नु भन्दा सबै मिलेर आ आफनो क्षेत्रमा को पढे लेखेको छ ।  जसले  भोली गएर दलित समुदायको लागी आवाज उठाउन सक्छ । कार्य सम्पादनका आफनो क्षेत्र बिस्तार गर्न सक्छ । त्यस्तो ब्यक्तिलाई सिफारिश गर्न सकिदैन र ? त्यसैले, बेलैमा बुद्धी पु¥याउ सबैले बेलैमा बुझौं । अनि चुनावको माहौलमा रमाउ । जसले जसको जे घोषणा पत्र भएता पनि हाम्रो निम्न माग पुरा नभए सम्म सबै दलितले भोट बदर गरौ ।
१. छुवाछुत अन्त्यको बिगुल फुक्नु प¥यो । सजाय र कारवाहीको तुरुन्त कार्यान्वयन हुनु प¥यो ।
२. सबै दलितका बच्चाहरुले निशुल्क शिक्षाको कार्यान्यवन हुनु प¥यो ।
३. सबै दलितका परिवारको निशुल्क स्वास्थ्य जाँच र बिमा हुनु प¥यो ।
कसैको पछि नलागौं, कसैको अवास्तवीक कुरालाई नर्कान सकौं । आफनो हक अधिकार खोजौं । दलित समुदायका अगुवाहरु आज तिमीहरुको प्रयोगात्मक ब्यवहारहरु देखाउन जरुरी छ । आज आफनो समुदायको लागी केहि गर्न खोजे अबशर छ । त्यसैले यो अबशरको सहि सदुपयोग गर्न जरुरी छ । सहि ब्यक्तिको पहिचान गरेर मात्र आफनो मतदान दिनै परे दिनु नत्र बदर गर्नु । धन्यवाद ।
राम कुमार परियार - बिराटनगर–११,मोरङ्ग

No comments:

Post a Comment