मरनीले भनिन्– ‘गरिबको पनि दिन आउँछ भन्थे हो रहेछ

विभेद बिरुद्ध अभियान -महोत्तरी, २ वैशाख । बुढ्यौलीले मुजा परेको उनको अनुहारमा खुशीको सीमै थिएन। घाम नछेक्ने, पानी चुहिने झुपडीमै लामो जिन्दगी काटेकी मरनी सहाय मुसहरले कहिल्यै सोचेकी थिइनन्, एक दिन पक्की घरमा बस्न पाउनेछु ।
‘पक्की घरमा बस्न पाउँछु भन्ने कहिल्यै सोचेकी थिइनँ’, १०३ वर्षीया मरनीले भनिन्, ‘स्वर्ग देख्न मनै पर्ने रहेनछ।’ धुर्मस–सुन्तली फाउण्डेसनले बनाएर शुक्रबार समुदायलाई हस्तान्तरण गरेको ‘एकीकृत नमुना मुसहर बस्ती’ को ३३ नम्बरको घरमा बस्न पाएपछि उनीजस्तै सिंगो मुसहर बस्तीका ५० परिवा दंग परेका छन्।  ‘धुर्मुस–सुन्तली भगवान् बनेर आए’, गहभरि खुशीका आँसु टिल्पिलाउँदै मरनीले भनिन्, ‘गरिबको पनि दिन आउँछ भन्थे हो रहेछ।’
फाउण्डेसनले करिब ३ महिना लगाएर निर्माण गरेको नमुना बस्ती नयाँ वर्षको अवसर पारेर हसतान्तरण गरिएको हो प्रवेशद्वारको रिबन काटेर कलाकार हरिवंश आचार्य र मदनकृष्णश्रेष्ठले मुसरहर समुदायलाई बस्ती प्रवेश गराएका थिए।

No comments:

Post a Comment