सरकारले मिजार र परियार परिवारलाई १०/१० लाख रुपैयाँ दिने


विभेद बिरुद्ध अभियान, वैशाख ७, २०७४ सरकारले अन्तरजातीय विवाहका कारण मारिएका अजित मिजार र बोक्सीको आरोपमा हत्या गरिएकी लक्ष्मी परियारको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको छ । अन्तरजातीय विवाह गरेका मिजारको अपहरण गरि धादिङ मलेखुमा हत्या गरिएको थियो भने बोक्सीको आरोपमा परियारलाई सार्वजनिक स्थानमा बाँधेर मलमुत्र खुवाइ हत्या गरिएको थियो । चैतर्फी दबाबपछि सरकारले खेलकुद मन्त्री दलजित श्रीपाईलीको नेतृत्वको छानविन समित गठन गरेको थियो ।

 सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय गर्दै मृतकका बालबालिकाको नि:शूल्क पठनपाठनको व्यवस्था गर्न शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ । टिचिङ अस्पतालमा रहेका मिजार र परियारको शव आफ्न्तलाई बुझाउन कानुनी प्रक्रिया अघि बढाउन र घटनामा संलग्न दोषिमाथि कडा कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिईएको मन्त्री श्रीपाईलीले जानकारी दिनुभयो । काभ्रे बाउन्नकिशोरीकी कल्पना पराजुलीसंग भागी विवाह गरेका काभ्रे पाँचखालका अजित मिजारको अपरहण गरी धादिङको मलेखुमा लगेर हत्या गरिएको थियो । यस्तै काभ्रेकी सानो बाङ्थलीकी लक्ष्मी परियारलाई बोक्सीको आरोपमा सार्वजनीक स्थानमा बाँधेर मलमुत्र खुवाई कुटपिट गरि हत्या गरिएको थियो । 

त्यस्तै गरि मन्त्रीपरिषद् बैठकले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासस्थित बस्तीका घरको रजिष्ट्रेशन दस्तुर छुट दिने निर्णय पनि गरेको छ । फाउण्डेशनले यही वैशाख १ गते ५३ वटा घर मुसहर समुदायलाई हस्तान्तरण गरेको थियो । 


No comments:

Post a Comment