दलित महिला अनिवार्य नगर : कांग्रेस नेतृ आरजु देउवा

विभेद बिरुद्ध अभियान -वैशाख १४, २०७४- कांग्रेस नेतृ आरजु देउवाले स्थानीय तहका वडाहरुमा एक दलित महिला सदस्य अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था संशोधनको माग गरेकी छन् । 
सदनमा मंगलबार समय माग गरेर बोल्दै देउवाले स्थानीय तहका सबै वडामा दलित नभएको जिकिर गर्दै यस्तो माग गरेकी हुन् । संसदबाट पारित स्थानीय तह निर्वाचन ऐनमा प्रत्यक वडाका चार वडा सदस्यमध्ये दुई खुला र एक दलित महिलासहित दुई महिला वडा सदस्य निर्वाचित गर्ने व्यवस्था गरिएको छ । 
सबै वडामा दलित नभएका कारण दलित महिला उम्मेद्वार वन्न नसक्ने तर्क गर्दै देउवाले ऐन संसोधनका लागि सभामुखको रुलिङ माग गरेकी हुन् । प्रचलित कानुन संशोधनका लागि विधेयक ल्याउने क्षेत्राधिकार सरकारको हो । उनले दलित नभएका वडामा आदिवासी, जनजाति, मुस्लिम, अपांग र विपन्न महिला उम्मेद्वार वन्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरेकी कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment