‘दलित महिलालाई नेतृत्व’

विभेद बिरुद्ध अभियान - ९ बैशाख २०७४,स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलित महिला अगुवाले बढीभन्दा बढी आफ्नो समुदायको सहभागिता सुनिश्चितताको माग गरेका छन् । 
राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताले दलित महिलाको प्रतिनिधित्व वडास्तरमा केन्द्रित गरिएको गुनासो गरे ।
 अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा समेत दलित महिलाको उचित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने नेत्री अञ्जना विशंखेले बताइन् ।

No comments:

Post a Comment