बिमला सुन्दास दुई हप्ताको बच्चा च्यापेर मत माग्दै

विभेद बिरुद्ध अभियान -दमक, बैशाख ६ गते । झापाको दमकमा एकीकृत नेकपा माआबोदीले आक्रमक रुपमा चुनावको प्रचारप्रसार गरिरहेको छ । विभिन्न साँस्कृतिक कार्यक्रम देखि लिएर घरदैलोसम्म धमाधम गरिरहेको छ । उम्मेदवारहरु उत्साहित भएर प्रचारप्रसार र मतमाग्ने काममा ब्यस्त रहेको पाईएको छ ।
दमक नगरपालिका वडा नं. ५ मा दलित महिला कोटाको सदस्य उम्मेदवार बन्नु भएकी बिमला सुन्दास दुई हप्ताको बच्चा च्यापेर मत माग्दै हिड्नु भएको छ । घरदैलो र पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा उहाँ भोट माग्नका लागि हिड्नु भएको हो । सुन्दासले यस्तो अवसर फेरि नआउने भएकाले आफू चुनावी प्रचारमा हिडेको बताउनु भयो ।
आफ्नो र बच्चाको स्वास्थ्य राम्रो भएको र अप्ठेरो नलागेको उहाँको भनाइ रहेको छ । पार्टीका सबैजना भोट माग्न हिडेको देख्दा आफूलाइ घरमा बसिरहन मन नलागेको र आफू पनि हिडेको उहाँको भनाई रहेको छ । भोट माग्ने क्रममा उपस्थिति हुदा उहाँको बिषयमा चासो राख्नेहरु धेरै भेटिएको बताइन्छ ।
माओबादी केन्द्रका दमक नगर सहइन्चार्ज बेदु गौतमका अनुसार सुत्केरी सुन्दासलाइ स्वास्थ्य समस्या भए कार्यक्रममा सहभागिता नजनाउन आग्रह गरिएपनि आफै उत्साहित भएर मत माग्नका लागि हिड्ने गर्नु भएको छ । उहाँ सहितका उम्मेद्वारहरु उत्साहका साथ अहिले मत मागिरहेको गौतमले बताउनु भयो ।

No comments:

Post a Comment