गरिबीका कारण जसमती दमाईले पतिको काजक्रिया गर्न सकिनन्

विभेद बिरुद्ध अभियान - बैशाख १५, कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ५ मदन आस्रित टोलकी दलित महिला जसमती दमाई श्रीमान धनी दमाईको निधन ३ दिन अघि भए पनि काजक्रिया गर्ने पैसा नभएको कारण आज सम्म काजक्रिया गर्न सकेकी छैनन ।१ कट्ठा एलानी जमिनमात्र भएको, माटोले वारेको खरले छाएको जिर्ण घर श्रीमान बितेको ३ दिन हुँदा सम्म किरिया बार्न पैसा नहुँदा शोकमग्न बस्न बाध्य भएकी छिन । उनका श्रीमान् धनी दमाईले जेठी श्रीमति जसमति दमाईबाट सन्तान नभए पछि आफु भन्दा आधार उमेर कान्छी गौरी दमाईलाई विवहा गरेका हुन गौरीबाट ४ छोरी २ छोरा जन्मिएका छन् ।

जसमध्ये दुई छोरीको विवहा भईसकेको छ भने साथमा ८ र १० बर्षको छोरी तथा ५ र १२ बर्षको छोरा छन । जसमती गाउँमा थाङना सिलाउने र गाउघरका मान्छेहरुले दया मया गरेर दिएको र उनकी सौता गौरीले दाउरा बेच्ने तथा मजदुरी गर्ने गरेर बृद्धा बुढा र छोरा छोरी पालेका छन् ।५ बर्षको छोराको जन्म दर्तामा नेपाली थर लेखेकोले बलित बालिकालाई उपलब्ध गराउने पोषण भत्ता पनि नगरपालिकाले नदिएको दुखेसो पोखिन गौरी दमाईले । बच्चाहरु गाउलेहरुले ल्याईदिएको एकमाना चामल र चिनि मोलेर खादै भोक मेटाउन बाध्य भएका छन ।

हाल यो नागरीक सचेतना केनद्रमा ३० जना सदस्य रहेका छन । गरिब तथा विपन्न समुदायको सामाजिक आर्थिक सशक्तीकरण गर्न पुनर्वासमा नगरपालिकाले ६ वटा नागरीक सचेतना केन्द्र स्थापना गरेको छ । नागरिक सचेतना केन्द्रका प्रत्येक सदस्यले १०० रुपैयाको दरले र सामाजिक परिचालिका लक्ष्मी ओझा र पुनर्वास नगरपालिकाकी कार्यक्रम अधिकृत नारायणी अधिकारीले समेत गरी रु ४२१५ रकम संकलन गरी अधिकृत नारायणी अधिकारीको प्रमुख आतिथ्यमा समूहका महिलाले दुखी महिला जसमती दमाईलाई उनकै घरमा गएर हस्तान्तरण गरेका थिए ।

रकम पाए पछि जसमतीले रुदै आफुले लोग्नेको काज क्रिया गर्न पाएको बताईन् । यसरी सामुहिकरुपमा आफ्नो टोल समाजमा मिलेर एक अर्कालाई सहयोग गर्ने सस्ंकार बसाल्नु अन्य समाजकोलागि पनि उदारणीय भएको कार्यक्रम अधिकृत अधिकारीले वताईन ।

नागरीक सचेतना केन्द्रलाई बैठकमा खाजा वापत दिएको रकम जम्मा गरि यहि भदौ महिनामा ४ जना विपन्न सुत्केरी महिलाहरुलाई फलफुल वितरण गरेको सामाजिक परिचालिका लक्ष्मी ओझाले बताईन । नागरीक सचेतना केन्द्रमा आवद्ध भई सके पछि यहाका महिलाहरु सामाजि आर्थिकरुपमा जागरुक हुँन थालेका छन् ।हामी संगठित भई परेका बेला एक आपसमा सक्दो सहयोग आदन प्रदान गर्छौ जसले गर्दा हामीलाई अरुले हेप्न चेप्न पाएका छैनन् मदन नागरिक सचेतना केन्द्रकी संयोजक कमला विकले बताईन । यता नगरपालिको आफ्नो कुल बजेटको १० प्रतिशत रकम लक्षितबर्गको कार्यक्रम अन्तर्गत दलित समुदायलाई छुट्याउदै आएको सुनौलो खबरमा समाचार छ ।

बर्षेनी दलित समुदायको नाममा  बजेट भए पनि बजेट केहि टाठा बाठाहरुले कोठे कार्यक्रम गरेर सिध्याउने गरेकोकाले पनि अति विपन्न दलितहरुको जिवन स्तरमा कुनै सुधार नआउन नसकेको स्थानीयहरु बताउछन ।अति बिपन्न समुदायका नागरिकको जीवन स्तरमा परिबर्तन ल्याउन सरकारले ल्याएका कार्यक्रम पीडित संग पुग्न नसक्दा जसमती जस्ता गरीब महिलाहरुको पीडा न्यून हुन सकेको छैन ।

No comments:

Post a Comment