अनिशा बिकले अनन्त नेपाल पुगेर संसार छोडिन

विभेद बिरुद्ध अभियान - २९ बैशाख ।सिन्धुपाल्चोक मार्मिंङ-५ की अनीशा बिकको गत बिहिबार बिहान १ बजे उपचारको क्रममा निधन भएको छ। बिकको पाटन हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।उनकी बहिनी सर्मिला बिकले दिएको जानकारी अनुसार केहि दिन देखि जण्डिस लगायत स्वास्थ्यमा गडबडी आए पछी उपचारको लागि पाटन पुराइएको थियो ।

भारतीय बाटो हुदै करीब ८ बर्ष पहिले कुवेत आएकी बिक ४ बर्ष देखी परिवारमा सम्पर्क बिहिन बनेकी थिइन् । कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा पहिचान नखुलेर १५ महिना देखि अस्पतालमा बेवारिसे रुपमा अस्पतालमा उपचार गराई रहेको अवस्थामा भेटिएकि अनीशा बिक इलीगल रुपमा रहेकी हुनाले नेपाल पठाउन झन्जटिलो भए पछी घर फर्कने वाताबरण मिलाउन एनआएनए कुवेत लगायत बिभिन्न संघ सस्था सहित नेपाली दुताबास कुवेतले धेरै मेहनत गर्नु परेको थियो ।केहि महिना अघि मात्र उनि घर फर्किन सफल भएकी थिइन् ।

अनीशा बिकको निधन प्रति दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा आज फर्वानियामा बसेको बैठकले शोक तथा श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना सहित शोकको यस घडीमा शोक सन्तप्त परिवारजन तथा परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

No comments:

Post a Comment