काभ्रेपलाञ्चोकमा चार सय दलित महिलाले उम्मेदवारी दिए

विभेद बिरुद्ध अभियान ,बैसाख २१- बनेपाः छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि एक सय ३५ वडाका चार सय एक जना दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेदवारी दिएकामध्ये एक सय ३५ दलित महिला मात्रै निर्वाचित हुने छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा २६, नमोबुद्ध नगरपालिकामा ३८, मण्डनदेउपुर नगरपालिकामा ३५, पनौती नगरपालिकामा ४०, पाँचखालमा नगरपालिकामा ४२ र बनेपामा नगरपालिाकामा ४२ सहित दुई सय २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

त्यस्तै महाभारत गाउँपालिकामा २१, तेमाल गाउँपालिकामा २५, रोशी गाउँपालिकामा ४१, भूम्लुगाँउपालिकमा ३१, बेथनाचोक गाउँपालिकमा १८, चौरीदेउरालीमा २७ र खानीखोलामा १५ सहित एक सय ७८ जना दलित महिला सदस्यले उम्मेदवार मनोनयन गरेका छन । यसबाहेक दलित तथा अल्पसङ्ख्यकबाट ६४ जनासमेत निर्वाचित हुने छन् । मनोनयनमा दलित तथा अल्पसङ्ख्यकको विषयमा फरकफरक व्यवस्थापन नभई अन्य भएकाले त्यसको विवरण आउन नसकेको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए । 

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा नेपाललगायतका विभिन्न दलले दलित महिला सदस्यका लागि उम्मेदवार उठाएका छन् ।

No comments:

Post a Comment