मतदानका लागि तनहुँ गएका रंगकर्मी विक्रम परियारको अज्ञात समुहद्वारा हत्या

विभेद बिरुद्ध अभियान - बैसाख ३१ - स्थानिय तह निर्वाचनमा मतदानका लागि तनहुँ गएका रंगकर्मी विक्रम परियारको अज्ञात समुहले हत्या गरेको छ । स्थायी घर तनहुँ भएका परियार भोट खसालेर घर नजिकै घुम्न निस्किएका समयमा अज्ञात समुहले आक्रमण गरेका थिए ।
रंगकर्मी परियारको हत्या भएपछि उनको शब दमौली अस्पतालमा राखिएको छ । ब्यास नगरपालिका १ निर्मलटारमा मोटरसाइकलमा गइरहेको समयमा उनको हत्या भएको थियो । उनका श्रीमती, ९ बर्षकी छोरी र १४ बर्षका एक छोरा छन् ।
स्थानिय तह निर्वाचनमा मतदानका लागि उनि तनहुँ गएका थिए । घटनास्थलबाट रगत लतपतिएको ढुंगा फेला परेको छ । अझैं पनि आक्रमणकारीको पहिचान भएको छैन । रंगकर्मीले शोक व्यक्त गर्दै हत्यामा संलग्न दोषीलाई पहिचान गरि चाडो भन्दा चाडो कारवाही गर्न माग गरेका छन् ।
रेडियो, नाटकलगायतमा अभिनय गरेका उनले ताण्डव, फिटकिरी, बधशाला, लगायतका फिल्ममा अभिनय गरेका थिए ।

No comments:

Post a Comment