शिक्षाको उत्थानका निम्ती सकृय पाल्पाकी मिना परियार युवा पुरस्कारबाट सम्मानित हुदै

विभेद बिरुद्ध अभियान , बैशाख १८ ।नेपाल यू के डेभलपमेन्ट ट्रस्टले २०७३ को युवा पुरस्कारबाट दुई जना युवालाई सम्मान गर्ने भएको छ । ट्रस्टले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सामाजिक कार्य अध्ययनरत गर्दै शिक्षा र बिकासको क्षेत्रमा योगदान पुर्याइ रहेका बाग्लुङका २६ बर्षिय राजेन्द्र गौतम र दलित बालबालिकाको शिक्षाको बिकासको निम्ती कृयाशिल पाल्पाकी २८ बर्षिय मिना परियारलाई युवा पुरस्कारबाट सम्मान गर्न लागेको जनाएको हो ।
परियार पाल्पा, अर्घखाची र प्युठानका बिभिन्न क्षेत्रमा बालबालिकाको शिक्षाको उत्थानका निम्ती सकृय छन ।उनी वर्ल्ड युथ एसोसेशनको बर्ष युवाको पुरस्कारबाट समेत पुरस्कृत भई सकेकी छन ।त्यसैगरी गौतम, प्रोजेक्ट होप – एक दाता, एक विद्यार्थी छात्रवृत्ति कार्यक्रम मार्फत नेपालका बिभिन्न जिल्लाका गरीब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आई रहेका छन ।
उनी अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवम् गैर सरकारी सस्था सोलिडारिटी नेपालका संस्थापक अध्यक्ष हुन । नेपालमा गएको बिनासकारी भुकम्प पछीको पुनर्निर्माण अभियानको क्रममा उन्ले १७ बिद्धालयहरु पुनर्निर्माण गरीसकेका छन ।
गौतम २०१३ को राष्ट्रिय शान्ती पुरस्कार र २०१५ को सोसियल इनोभेसन अवार्डबाट समेत सम्मानित भई सकेका छन । पुरुस्कारको राशी जनही एक लाख एघार हजार एक सय एघार रुपैयाँ र सम्मान पत्र रहने ट्रस्टले जनाएको छ । पुरस्कार जेठ दोश्रो साता एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।

No comments:

Post a Comment