प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिककोे डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन् । छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए । नयाँ पत्रिकामा खबर छ ।
No comments:
Post a Comment