धादिङमा दलित महिला उम्मेदवार झुण्डिएको अवस्थामा मृत फेला

विभेद बिरुद्ध अभियान -२० वैशाख -धादिङ । धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । आसन्न स्थानीय चुनावमा लड्ने तयारीमा रहेकी धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
नेकपा एमालेले मिजारलाई वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो ।३५ वर्षकी मिजार बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment