संयुक्त दलित सञ्जाल बर्दिवासको सुभकामाना तथा चियापान कार्यक्रम सम्पन्न

सुनिता महतो, गौशाला, महोत्तरी,२८  असोज , विभेद विरुद्ध अभियान । वडा दशैं, शुभ दिपावली तथा छर्ठ पर्वको शुभ अवसरमा संयुक्त दलित सञ्जाल बर्दिवास नगर कमिटिले आइतबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्ने वक्ताहरुले दलितहरु हाडवेयरमा अगाडी रहेपनि सफ्टवेयरमा पछाडी रहेको बताउदै दलित समुदायले शिक्षामा विशेष जोड दिनु पर्ने औल्याएका छन् । २१ औं शताब्धीको युगमा पनि छुवाछुत र भेदभावले सीमा नांघदा दलित समुदायको मुटुमा  काँडा विझेको दलित अधिकारकर्मीहरुले दुखेसो पोखेका छन। अब यो विभेद बाट मुक्ती पाउन दलितहरुले हात बाँधेर बस्न समेत नहुने सहभागिहरुले बताएका छन् । 
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नावय उपरिक्षक रमेश पंडितले दलित भित्रै पनि उच्च वर्ग र निम्न वर्ग बीच विभेद रहेको बताए । उनले भने,‘घर र दलित समुदाय भित्रैबाट विभेद छ । सबैले सकारात्मक सोचको विकास गरि विभेद अन्त्य गर्नु पर्छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसी प्रसाद उप्रेतीले हामी विश्वका मानव एक हौं भन्ने विचारको व्यवहारमा लागु गरे विभेद आफै न्यूनीकरण हुने बताए । 
बर्दिवास नागरिक समाजका एक जना अगुवा खड्गबहादुर सिंहले दलित भन्ने शब्द नै हटाउनु पर्नेमा जोड दिएका छन् । उनले भने,‘सबैको रगत रातो हुन्छ भने सरकारले दलित कसरी राख्यो ।’ दलित समुदायका अगुवाहरुले समुदायमा शिक्षाको स्तर उकासेर राम्रो बाटो लगाउन अभिभावकहरुलाई सरसल्लाह दिनु पर्ने सिंहको भनाई छ । देउराली उच्च मावि बर्दिवासका विद्यालय व्यवस्थापन समितका अध्यक्ष कुर्महरी सुवेदीले दलित समुदायको शत्रु को हो  ? भनेर प्रश्न गर्दै उत्तर दिदैं भने,‘ दलितको शत्रु अशिक्षा, गरिवी, वेरोजगारी छ । यसलाई हामी चिनु पर्छ । हाम्रो बाधक पनि यहि हो ।’ असोज तीन गते जारी भएको संविधान पढ्नुस् चित नबुझेका र संविधानमा उल्लेख गर्न बाँकी रहेको हकअधिकारका लागि सबैले अवाज उठाउनु पर्ने सुवेदीले बताए । जनजागृती प्रावि बर्दिवासका विद्यालय व्यवस्थान समितिका अध्यक्ष श्याम घलेले छुवाछूत अन्त्य भएको भनिए पनि अहिले पनि समाजमा छुवाछुत अन्त्य नभएको बताए । उनले नामले दलितको संज्ञा दिदा कामको बेला झन होचियाइएको बताउदै संविधानमा दलितहरुको अधिकार अझपनि चाहेको जति नसमेटिएकोमा उनले दुःख व्यक्त गरे । 
देउराली उच्च मावि बर्दिवासका प्रधानाध्यापक केदारबहादुर कोइरालाले शासकहरु शासन सत्ता टिकाउनको लागि बनाएका प्रथाहरु अहिले मानव अधिकारको दृष्टिले कुप्रथा रहेको कडा टिप्पनी गरे । उनले भने, ‘जुन समुदायमा विभेद हन्छ , त्यहाँ बिकास कहिले पनि हुदैन । ’ अब सम्पत्ति जम्मा गर्नु भन्दा पनि दलित समुदाय लगायत अन्यले पनि बालबालिकाहरुलाइृ शिक्षा दिनु पर्नेमा कोइराललाले जोड दिए । वाइसियल नेपाल महोत्तरीका कार्यवाहक अध्यक्ष शंकर महतोले दलितले सिउने कपडा , डोमले बुन्ने ढाली प्रयोग गर्दा नछुइने तर तिनै लाई समाजमा तल्लो जात भन्दै अहिले पनि छुवाछुत गर्ने गरेको बताए । 
एमाओवादी बर्दिवास नगर कमिटिका अध्यक्ष जयनारायण शर्माले दलित समुदायका बालबच्चालँई विशेष सेवा सुविधा दिएर शिक्षामा अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् । नेकपा माओवादीका प्रेम भुजेलले संविधानमा दलितको अधिकार खोसिएको भन्दै उनले अब अधिकार नदिए खोसेर पनि दलितले लिने जिक्किर गरे । कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष तुलसी प्रसाद ढुंगाना,कोषाअध्यक्ष शशिकला दाहाल, जनकपुर अञ्चल जातिय मुक्ति समाजका अध्यक्ष सन्त परियार, अन्तरपर्टि महिला संञ्जाल बर्दिवासकी अध्यक्ष सारदा थापा लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए । 

No comments:

Post a Comment