राजधानीमा दलित सभासदहरुको बार्षिक परामर्श बैठक सम्पन्न

काठमाडौ , असोज २७, विभेद विरुद्ध अभियान ।काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आज Asian parliamentary Forum & Dalit Concern र समता फाउन्डेसन द्वारा Annual Consultation Meeting With Parliamentary विषयमा कार्यक्रम सम्पन्न गरिएको छ।


लित बिकास समितीका नव मनोनीत उपाध्यक्ष मुक्त बहादुर मोते ज्युलाई बधाइ तथा सफल कार्यकालको सुभकामाना दिदै नागरिक समाजका सयोजक पदम सुन्दास द्वारा संचालित यस कार्यक्रमलाई दुई चरणमा सम्पन्न गरिएको थियो ।प्रमुख चार दलका माननीय सभासदहरुको बिशेष उपस्थिति रहेको यस कार्यक्रममा दलित नागरिक समाज, विभिन्न संघ संस्था,सरोकारवाला  र सयुक्त दलित आन्दोलन समितीका प्रतिनिधिहरुको समेत उपस्थित रहेको  थियो । 

पहिलो चरण अन्तर्गत दलित समुदायका माननीय सभासद ज्युहरु ले संविधान बनाउने क्रममा सविधानसभा भित्र आफुले खेल्नु भएको भूमिकाको बारेमा,गर्नु भएको संघर्ष र अनुभवहरुका बारेमा एव भएका प्रक्रियाहरुको बारेमा जान्कारी दिनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभासद जीवन परियारले "नया संविधानमा जे जति अधिकार स्थापित गरेको छ । ती सवै विभिन्न समितीमा रहेर दलित समुदायका सभासदले भुमिका खेलेर भएको हो भन्दै मौलिक हक उपसमिति बाट क्षतीपुर्तीको ब्यब्स्था हटाउन खोजे पनि फुल समिती सम्म आफूहरुको दबाबले हटाउन दिएका थिएनौं तर कार्यसमितीमा पुगे पछि भने क्षतीपुर्तीको ब्यब्स्था काटिएर आएको र समग्रमा क्षतीपुर्ती सहितको राजनितिक अधिकार गुमेको बताउनु भएको थियो । राजनितिक प्रतिनिधित्वको अधिकार कटेको बताउदै परियारले अबको दलित आन्दोलन राजनीतिक अधिकार सुनिश्चिततामा केन्द्रित  हुनु पर्छ भन्नू भयो।

त्यस्तै गरि संघीय समाजवादी फोरमका सभासद डिवि नेपालीले आफू मस्यौदा समितीको सदस्य रहदा समुदायको धेरै भन्दा धेरै कुरा राख्न जोड गरेको तर समितीमा दलित समुदायको अधिकार सुनिश्चित नभए पछि , धेरै काटिए पछि ४० जना दलित सभासद मध्ये आफू एकलै भए पनि अनिस्चित धर्ना वसेको बताउनु भएको छ । फास्ट ट्रयाकबाट प्रतिगमन मुलक संविधान आएको बताउदै राजनितिक अधिकार काटेर दिएको अरु अधिकार लाई अधिकार मान्न नसकिने र जे जति अधिकारका कुरा गरिएको छ त्यस्ले दलित समुदायलाई अघि बढाउन न सकने ठोकुवा गर्दै सभासद नेपालीले सविधान संशोधन गर्ने कुरा भै रहेकोले नीति नियम संविधानमा सच्याउन दबाब दिन पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा माले कि सभासद कमला बिश्व्कर्मा ले पहिलो र दोस्रो संविधानसभाबाट सर्वसम्मतिले अनुमोदन भएका दलित सवाल र मागहरु थोर बहुत रूपमा मात्र संविधानमा पर्न सफल भएको बताउदै दलले नै दलित माग समाबेश गर्ने जिम्मा लिनु पर्छ भनेर संशोधन प्रस्ताब पेश नगरेको र गरेको नि फिर्ता लिएको प्रष्ट पार्नु भएको थियो । सभासद बिस्व्कर्माले अब संविधानमा दलित सवाल सहित महिला को लागि भनेर छुटाएको ३३% मा दलित महिला समेत भनेर किटान संशोधन र कार्यान्वयन हुनु पर्छ र सवै तहमा समाबेशी गराउन एक भएर दलित समुदाय लाग्नु पर्ने जिकिर गर्नु भएको थियो ।
त्यस्तै गरि कार्यक्रममा संविधानसभा भित्रको अनुभव साट्ने क्रममा नेकपा एमाले कि सभासद शिवकुमारी गोतामेले ६५ बर्ष पछि बनेको संविधान लाई प्राप्तिमुल्क र उप्लब्धी मुल्क रूपमा लिनु पर्छ भन्दै जोड दिनु भएको छ । गोतामेले यो सविधानमा रहेको मौलिक हकका धारा २४, धारा ४० का ७ वटै उपधारा र दलित आयोग सवैधानिक बनेको मा उपलब्धि मुलक छन भन्नू भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभासदहरु खड्ग बस्याल ,  बिष्णु सुन्दास परियार ,दुलारी देवि,र नेकपा एमालेका सभासदहरु  राम अवतार पासवान,ओफिलाल आख्डा,टेकु नेपाली ,राम दयाल मण्डल समेत बोल्नु भएको थियो । बोल्ने क्रममा सभासदहरुले आफूहरुले पाटीको बिधानलाई सपथ खाएर गएको हुनाले आफूहरुले समुदायको लागि सके सम्म गरेको बताउदै संविधानका सकारात्मक कुरालाई सदुपयोग गर्न र नकारात्मक कुरालाई सुधार गर्न फेरि जुट्नु पर्ने बताएका थिए । ऎतिहासिक रूपमा दलित समुदायको लागि यो संविधान अहिलेसम्मकै  उप्लब्धि मुलक संविधान भए पनि समुदायको धेरै कुरा समाबेश नभएको स्वीकार गर्दै अब कृयाशिल भएर सबिधान संशोधन र कानुन बनाएर कार्यान्वयन गर्न र  संरक्षण गर्न पर्छ भन्दै सवै दलित समुदायको सहयोग र एक्यवद्धताको लागि अपिल समेत गरेका छ्न ।कार्यक्रममा पुर्व सभासद्हरु पदम बिश्वकर्मा, सम्भु हजारे पाशवान, लक्ष्मी परियारले पाटिको हविप दलितको लागि मात्र कडा भएको भन्दै दलित सभासदहरु लाई बोल्नै नदिने व्यबहारको निन्दा गर्नु भएको थियो ।  कानुन बनाउने र कार्यान्वयन गराउने कुरामा नेतृत्वपंक्तिको घाँटी समाएर समुदायको अधिकारको साउ ब्याज समेत लिने गरि लागि पर्न आग्रह  गर्दै भुपु सभासदहरु ले संविधानसभा बाहिर रहेर आफूहरुले संविधानमा दलित समुदायको मुदा स्थापित गर्न खेलेको भुमिकाको बारेमा समेत बोल्नु भएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा एशियन पार्लियामेन्टरी फोरमका अध्यक्ष समेत रहनु भएका नेपाली काङ्ग्रेसका सभासद मीन बा. बिश्व्कर्मा,उपाध्यक्ष रहनु भएको नेकपा एमालेका सभासद जितु गौतम र सह उपाध्यक्ष रहनु भएको एमाओवादीका सभासद दुलारी हरिजन सहित आरडिएनका अध्यक्ष गणेश बिकले केही दिन अघि सयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न दलित सम्बन्धित Sustainable Development Goal (SDG) , Parliamentary -Civil Society Regional Exchange, Challenging System of Casteism & racism भेलामा Asian Dalit Rights Forum (ADRF) को तर्फ बाट नेपालका सम्पुर्ण दलितहरुको प्रतिनिधित्व गर्दै आफूहरुले उठाएका कुराहरु,दलित सवाललाई अन्तर्राष्ट्रियकरण गर्न खेलेको भुमिका बारे बोल्नु भएको थियो । 
कार्यक्रममा सभासद गौतमले अन्तर्राष्ट्रिय स्तरमा ससार भरिका विभिन्न नामले उत्पीडित भएका र जातिय भेदभाव भोगेकाहरुलाई  SDG का १७ बुदा मार्फत सन २०१५ देखि सन २०३० सम्म हरेक रास्ट्रहरुले मेकानिजम बनाएर दलित , उत्पीडित र जातीय भेदभावको निर्मुल गर्न राज्यको नीति निर्माण अन्तर्गत मेकानिजम बनाएर लागि पर्ने प्रतिबद्धताका बारेमा सम्मेलनमा भएको अन्तर्कृयाको बारेमा जानकारी दिनु भएको थियो ।त्यस्तै गरि  सभासद मान बा. बिश्व्कर्माले बेलायती सासद र अमेरिकी कङ्रेस संग नेपालमा बनेको नया संविधानको  बारेमा र कार्यान्वयनको जटिलताको बारेमा छलफल समेत गरिएको बताउनु भएको छ ।
कार्यक्रमको अन्त्यमा NNSWO का अध्यक्ष भक्त बिस्व्कर्मा ,दलित कल्याण संघका अध्यक्ष मोतीलाल नेपाली  र सयुक्त दलित आन्दोलनका कार्यबाहक अध्यक्ष गौरा नेपालीले छुटाछुटै बोल्दै सयुक्त दलित आन्दोलन सिदिएको जस्तो प्रतीत भए पनि अब संविधान संशोधन गर्दै पाएका उप्लब्धीहरु सस्थागत गर्न, जोगाउन र कार्यान्वयन गर्न सवै दलित समुदाय फेरि जुटेर अघि वढ्नु पर्ने बताउनु भएको थियो ।

No comments:

Post a Comment