भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा दलित युवाको हत्या

कार्तिक ६, विभेद विरुद्ध अभियान। भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा एक दलित युवकको हत्या भएको छ । परेवा चोरेको आरोपमा ती दलित युवाको हत्या गरिएपछि हरियाणाको सोनिपत र फरिदाबादमा हिंसा मच्चिएको छ । 
हरियाणास्थित फरिदावादको सोनिपतमा परेवा चोरीको आरोपमा पक्राउ युवाको प्रहरी हिरासतमा ज्यान गएपछि त्यहाँ हंगामा भएको हो । प्रहरीले हिरासतमा लिएका ती युवाको शरीरभरी चोट लागेको पाइएपछि उनलार्इ यातना दिइ हत्या गरिएको भन्दै आफन्तहरुले आन्दोलन थालेका हुन् । फरिदावादको सोनिपतमा यो घटनाले केही दिनयता तनाव बढाएको छ । मृतकका आफन्तहरुले प्रहरी चौकी र सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा बर्साएका छन् । 
केही महिलाले पुलिसकर्मी माथि लाठी पनि बर्साएका छन् । त्यसपछि पुलिसले अवस्थालार्इ नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । त्यस इलाका सयौंको संख्यामा प्रहरी परिचालित गरिएको छ । पुलिसका अनुसार ती युवकको शव उनको घरमै भेटिएको थियो । तर पुलिसको भनाइको कडा प्रतिवाद गर्दै युवकका परिवारले प्रहरी हिरासतमै उनको मृत्यु भएको दाबी गरेका छन् । ती दलित युवामाथि परेवा चोरीको आरोप अर्को जातिका मानिसले लगाएका थिए । अहिले दुबै जातिका मानिस एकअर्का विरुद्ध उत्रेका छन् ।

No comments:

Post a Comment