कार्तिक ५, विभेद विरुद्ध अभियान ।
२०६०ं, ६१ सालतिरको कुरो हो ।पहिला आन्दोलनका क्रममा यी मान्छे मलाई खोज्दै इटहरी आए । दलितको मुद्दा उठाएर भेदभाव बिरुद्ध आगो ओकल्ने भाषण गर्ने यी पासवानलाई निक्कै प्रेरित गरें । घरमै बसे, खाए । पाहुना हुँदा र खाना पाउँदा खुब जी हजुरी गरे । पछि सभासद भएछि काठमाडौँ बोलाए । फकाएर आश्वाशन दिदैं पत्रिका दर्ता गर्ने सर्टिफिकेट मागे । काठमाडौँको सिडिओ अफिसमा मलाई सम्पादकमा नियुक्ति गरेको कागजपत्र बुझाए । पत्रिका मेरो नाममा दर्ता भयो । पिंगलास्थानको उनको डेरामा अफिस थियो । सहसम्पादक राखेको सप्तरीतिरको एउटा मण्डल थरको केटाले समाचार लेख्न छोडेर पासवानकी स्कुले छोरी लिएर भाग्यो । दलितको लागि लडने भनेका यी पासवान आफूभन्दा तल्लो जातले छोरी लग्यो भन्दै बेहोसी नै भए । ज्वांईछोरीलाई पक्राउ गराउन प्रहरीको शक्ति प्रयोग गर्दै पोखरा पुगे । छोरीले कुनै हालतमा ज्वांई नछाडने बरु बाउ त्याग्ने भनेपछि यी पासवान बेहोसी जस्तै भए । ‘ज्वाईंलाई जहाँ भेटयो त्यही मार्छु’ भन्दै ज्यान फालेर लागि परे । ‘छोरीले ज्वाईं बेगर बाँच्दिन बरु मर्छु’ भनेपछि पासवान बर्बराउँदै कैंयौं दिन हिँडे । घरको रिस संसदमा पोखेर ब्यहोरा देखाए । कुर्सी फाले । आफनो लुगा च्याते, दाह्रा किटे । सभामुख सुभास नेम्बाङलाई झण्डै कुटे । पछि दोस्रो संबिधानसभा पनि बाबुराम भटराईलाई संबिधानको मस्यौदा लेख्ने बेलामा दलितको कुरा छुटाएको भन्दै कागजको बिटाले हाने ।दलितको नाममा माथि पुगेर नसुहाउने हर्कत गर्ने पासवानले थुप्रै आर्थिक हिनामिना गरेका छन् । मेरो तलब पनि दिएनन् । आफनै पार्टीमा एक पटक महासचिब रहेका ठाकुर चन्दगहतराजकी पढालेखा बहिनीलाई सभासद् बनाउने भन्दै लाखौं खाएछन् । पछिल्लो संबिधानसभामा लामा थरकी महिलालाई सभाषद बनाएर उनको ब्यक्तिगत पैसा र सभाषद्को तलब समेत बैंकमा किर्ते गरेर खाएछन् । ती महिलाको काण्डमा पासवानले दलित जनजाति पार्टी फुटाए । आफू एक्लै जम्ने अर्कालाई पेल्ने, ठग्ने, हेप्ने । आफू तल परेमा तुरुन्त बर्बराउने र फेरी सद्दे हुन जान्ने यी पासवानलाई हामीले किन मन्त्री मान्ने ? मैले उनको पत्रिकामा सम्पादक भएर काम गर्दा थाहा पाएँ कि पासवान पैसा भनेपछि कतिसम्म लोभ गर्छन् ?
आफू दलितको नेता भन्छन् तर भाडा बसेको घरमा दलित भन्दैनन् । यी मान्छेको पार्टीको संसदीय दलको कार्यालयमा कहिलेकाहीं जाँदा एउटी चौधरी थरकी महिला सभासदले निक्कै रबाफ मच्चाउंथिन जबकी उनी अर्कै पार्टीकी थिईन । सम्पादकको नाताले बिश्वेन्द्रको राजनैतिक कमीकम्जोरी औंल्यांउदा ती चौधरी महिला सभाषद् प्रतिबाद गर्थिन । बिशेन्द्रलाई चिमोटदा उनलाई दुखे जस्तो । भित्री रहस्य के थियो ? मैले पता पाइन । त्यतातिर पनि लागिन पनि ।
पत्रिकामा काम गर्दा पासवानले ५ महिनामा ४ ठाउँ अफिस सारे । कर्मचारी, रिपोर्टर, टाइपिस्ट कसैलाई तलब दिएनन् । अनामनगरको भटराई थरको मानिसले संचालन गर्ने छापाखानाले पैसा मागेको मागेकै गर्थे, पासवान ठगेको ठगेकै गर्थे । चिप्ला कुरा घरीघरी गर्ने पासवान तत्काल मान्छेको चित्त बुझाउने क्षमताका छन् । त्यसैले म उनीसंग केही समय फसेंछु । पैसा माग्दामाग्दा हदै भएपछि मैले काठमाण्डौको सूचना बिभागमा पासवान बिरुद्ध मुद्दा हालेँ । कोइराला थरका प्रमुख र मिठाराम हुमागाईं नाम गरेका अधिकृतले पासवानलाई बोलाए । धेरै समय ताकेता गरेपछि पासवानले दलितको क्षेत्रमा काम गर्ने मोती नेपाली जो डिडब्लुओ नामक संस्थाका अध्यक्ष हुन, उनको रोहबरमा मलाई तिर्नुपर्ने रकम मोलमोलाई भयो । लगभग सत्तरी हजार थियो । सूचना बिभागका अधिकृतहरुले मलाई लचिलो हुन आग्रह गरे, बिश्वेन्द्रले पनि माफी मागे, पत्रिका बन्द भएको, गरिबी यस्तै उस्तै भनेपछि मलाई तीस हजार दिने । तत्काल आठहजार र बांकी २२ हजार एक महिना भाका थियो । मैले स्बीकारेँ । आठहजार लिएँ । २२ हजारको कागज गरेँ । सूचना बिभागमा माइन्यूट पनि गरे । भाका पुगेपछि पैसा माग्दा पासवानले मोती नेपालीलाई हप्काएछन । म काठमाडौँ छाडेर सुनसरीको इटहरी आएको छु । सूचना बिभागमा सम्पर्क गर्दा पासवानलाई पत्र काटेको तर डेरा नभेटेर त्यतिकै छ भन्ने जबाफ आयो । यसबारे पत्रकार महासंघका पूर्बाञ्चल सदस्य गणेश लम्सालमार्फत जानकारी गराएँ । महासंघले चासो राख्दा पनि सूचना बिभागले पासवानलाई नभेटेको भनेछ । अब त माननीय बिशेन्द्र पासवान मन्त्री भएका छन । बिनाविभागिय मन्त्री हुनाले तत्काल नभेटिएलान तर पछि बिभाग छुटिएपछि सूचना बिभागले थाहा पाउँछ कि र मेरो तलब दिलाईदेला भन्ने अपेक्षा राखेको छु ।
पी.बी.दियाली इटहरी बाट प्रकासित हुने गणराज्य साप्ताहिक, मा सम्पादक हुनु हुन्छ ।
No comments:
Post a Comment