मधेसी मोर्चाको ३५ बुँदे मागमा दलित समुदायको माग नि समाबेश

असोज, २० काठमाडौं, विभेद विरुद्ध अभियान –सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता सिंहदरबारस्थित राज्य व्यवस्थाको हलमा सुरु भएको छ । वार्तामा मधेसी मोर्चाले सरकार समक्ष ३५ बुँदे माग पेश गरेकाे छ।
अहिले सम्म पाँच बुँदे शर्तमा अर्थात दगां क्षेत्र घोषणा फिर्ता लिनुपर्ने, सेना फिर्ता लिनुपर्ने, घाइतेलाई निशुल्क उपचार गराउने पर्ने, आन्दोलनमा मृत्यू भएकालाई सहिद घोष्णा गरी पिडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र न्यायिक छानविन आयोग गठन गर्नुपर्ने बिश्यमा दुवै छलफल हुँदै आए पनि यी मध्ये घाइतेलाई उपचार गर्ने र पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय मन्त्रीपरिषद्बाट भएपनि कार्यान्वयन भएको छैन ।यसै बिच हिजो बसेको बैठकमा मधेशी मोर्चाको तर्फबाट ३५ बुँदे राजनीतिक माग पेस भएपनि त्यसमाथि कुनै छलफल भएन । मोर्चाका नेताहरुले आफूहरुले पेस गरेको शर्त पूरा नहुन्जेल राजनीतिक एजेण्डामा छलफल नगर्ने बैठकमा अडान लिएका छन भने सामानुपतिक समाबेशीका कुरामा जोड दिदै अहिले सम्म आन्दोलन गर्ने महिला,उत्पीडित एव दलित समुदायका माग समेत आफ्ना ३५ बुदे मागमा समाबेश गरेका छ्न ।

No comments:

Post a Comment