संयुक्त मधेशी मोर्चाका बार्ता संयोजकलाई मधेशी दलित समुदायका १५ बुदे ज्ञापनपत्र

काठमाडौ ,असोज १९, विभेद विरुद्ध अभियान ।– तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई मधेशी दलित संर्घष समितिले आज ज्ञापनपत्र बुझाएको छ ।
केन्द्रिय संयोजक दिनेश प्रसाद हरिजन तथा सदस्य सुनिता मरिक सहिद संघर्ष समतिको टोलीले मधेशी दलित संर्घष समितिले दलित संघर्ष समितिले उठाएको मागलाई राजनीतिक रुपमा सम्बोधन गर्न ज्ञापनपत्र बुझाएका हुन्। समितिले ,मधेशी दलित समुदायका १५ बुदे ज्ञापनपत्र संयुक्त मधेशी मोर्चाका बार्ता संयोजकलाई ज्ञापनपत्र बझाउदै आफुहरुले उठाएको मागलाई सम्बोधन गर्न आह्वन समेत गरे ।
ठाकुरले मधेशी दलितका सवालमा मोर्चा गम्भिर रहेको तर राज्यले मधेशी दलित,मुस्लिम,थारुहरुको अधिकार कटौति गरेकोले यसको विरुद्दमा लाग्न सबैले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन । आफुले मधेशमा रहेका उत्पीडित बर्ग खास गरि चमार ,डोम ,मुसहर,धारिकारहरुकोलागि मधेश राज्य बनेमा विषेश अधिकार दिलाउनका लागि पहल गर्ने ठाकुरले प्रतिबद्दता समेत जनाए ।
दलित अनलाइन बाट

No comments:

Post a Comment