विप्लव माओवादीमा आस्था राखेको भन्दै बिक माथी साङ्घातिक हमला

नेपालगन्ज– असोज २१, विभेद विरुद्ध अभियान । बाँके खासकश्मा गाविस वडा न.ं८ निवासी ४५ बर्षिय सोकबाहदुर विकमाथि बिहीबार भरत खड्काको नेतृत्वले आक्रमण गरेको हो ।
विकमाथि आक्रमण गर्ने भरत खड्का काँग्रेस समर्थित शिक्षक हुन् । जनज्योती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका विकमाथि शिक्षक खड्का र उनका भाइ यमबहादुर खड्का नेतृत्वको टोलीले खासकुश्मा गाविस वडा नं. ८ चप्परगौंडीमा रहेको आफ्नो घरमै बोलाएर कुटपिट गरेको घाइते विकको पारिवारिक स्रोतले बतायो ।
विकको टाउको, आँखा र ढाडमा गम्भीर चोट लागेको छ । आक्रमणबाट गम्भीर घाइते सोकबहादुर विकलाई यमबहादुर खडकाको घरमा ‘काम छ’ भनेर बोलाएका थिए । शिक्षक भरत खड्का नेतृत्वको समुहले ज्यान मार्ने उद्देश्यले कुटपिटगरि गम्भीर घाइते बनाएको उनकी श्रीमती तिला विकले बताइन् । ‘विप्लव माओवादीमा किन आस्था राखेको भन्दै आफुमाथि काँग्रेस समर्थित शिक्षक खड्काले सुरुमै हातपात गरेको र त्यसपछि यमबहादुर खड्काले लाठीले हिर्काएका हुन् ’ नेपालगन्ज मेडिकल कलेज कोहलपुरको बेडमा पल्टिएका विकले भने ।
बिक माथि खड्काहरुले विगत देखि राजनीतिक प्रतिशोध राख्नुका साथै दलित भनेर अपहेलना गरिरहेका थिए ।
विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सेक्रेटरी मानबहादुर रोकाय शक्तिले आफ्नो पार्टीका शुभचिन्तक माथि गरिएको सांघातिक आक्रमणलाई गम्भीर रुपमा लिएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले यो घटनालाई हाम्रो पार्टी माथिकै आक्रमणको रुपमा लिएका छौं, यसको उचित जवाफ बर्गसंघर्षको उपयुक्त कालखण्डमा दिने छौं ।’ घटनाको प्रकृति, कारण र अन्य सम्बन्धबारे पनि पार्टीले गहिरो ढंगले छानबिन गरिरहेको उनले जानकारी दिए ।
विकमाथि आक्रमणको बारेमा पार्टीले सुक्ष्म ढंगलेले छानबिनगरि रहेको कुसुम एरीया इन्चार्ज आकाशले बताए । शोकबहादुर विक माथिको आक्रमण दलितको प्रगति देख्न नचाहानेहरुले गरेको दलित सेवा संघ बाँकेका पुर्व अध्यक्ष बुद्ध सुनारले बताए ।

सोही घटनाबारे बुझ्न खोज्दा कुसुम प्रहरी चौकीका इन्चार्ज अशोक कुमार खड्काले आफुलाई कुटपिटको घटना सम्बन्धि जानकारी नभएको भन्दै अनविज्ञता प्रकट गरे । उनले भने– ‘घटना घटेको जानकारी गराए मात्रै थाहा हुने हुँदा मलाई थाहा भएन, यो कुरामा तपाई पत्रकार भए पनि जो भएपनि धेरै नबोल्नुहोस नत्र नराम्रो होला भन्दै उल्टै खड्काले कडा शब्दमा धम्की दिए ।’
-रातोपाटि बाट

No comments:

Post a Comment