गायक राजू परियार लाई दलित एकता संजालको मायाको चिनो

लम्जुङ, कार्तिक  ५, विभेद विरुद्ध अभियान ।
नेपालीहरुको महान चाड बिजयदशमीको अबसर परेर फुलपातिको दिन लम्जुङ् जिल्लाको राईनास नगरपालिका कुसुन्दे तिनपिप्लेमा स्थानीय यूबा क्लब, अकाल यूबा क्लब को सयुक्त आयोजनामा लम्जुङ् जिल्ला निवासी लोक दोहोरि गायक राजू परियारलाई नागरिक अभिनन्दन एव सम्मान कार्यक्रम गरिएको छ ।
त्यसै अबसरमा दलित एकता संजालका अभियन्ताहरु बाट लोक दोहोरि गायक राजू परियारलाई मायाको चिनो स्वरुप  "सारङ्गी" उपहार स्वरुप प्रदान गरिएको छ। साउदी अरबियामा कार्यरत तथा दलित एकता संजालका अभियन्ता तथा समाजसेबी श्री राजेन्द्र सिर्मल(राजिन) ज्युको सहयोगमा प्राप्त उपहार गायक परियार लाई प्रदान गर्दै अभियन्ताहरुले बिजया दशमी तथा सुभ दीपवालीको सुभ अबसरमा  समाजसेवि सिर्मल ज्युले लोक दोहोरिको क्षेत्रमा परियारलाई सफलताको शिखर चुम्न गर्नु भएको कामना सन्देश समेत पढेर सुनाइएको थियो । 
आफ्नो जिन्दगीमा यो मायाको चिनो नै अहिले सम्म कै उत्कृष्ठ र सम्मान जनक उपहार रहेको बताउदै गायक परियारले  सारङ्गी नेपाली सँगीतको प्रतिक मात्र नभै गायन र गायकसँग यसको गहिरो सम्बन्ध रहेको बताएका छन । गायकहरुको स्वरलाई अझै मिठास र कर्णप्रीय बनाउनको लागि सारङ्गी बाजाको महत्वपुर्ण भुमिका रहेको हुनाले आफु लाई सारङ्गी अति मन पर्ने बताउदै गायक परियारले मायाको चिनो प्रदान गर्नु हुने श्री राजेन्द्र सिर्मल ज्यु लगायत उपस्थित सम्पुर्ण दलित एकता संजालका अभियन्तालाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।
स्थानीय तथा छिमेकी जिल्लाका नागरिकहरुको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा स्थानीय गायक , कलाकारहरु सहित आधुनिक गायक तथा संगीतकार रमेश कादरिया, गायक सोम बाबू परियार,गायिका बिष्णु परियार एव गायक तथा नायक प्रशान्त तामाङको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा गायक राजू परियारले बिभिन्न लोक भाकाका गीत गाएर उपस्थित दर्शकहरुलाई मनोरंजन दिएका थिए ।
स्थानीय बिभिन्न राजनीती पार्टीका प्रतिनिधीका साथै समाजसेवि तथा बुद्धिजीवी ,पत्रकारहरुको समेत उपस्थिति रहेको यस राजू परियार नागरिक अभिनन्दन कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष सुमन ढकाल ज्यु ले गर्नु भएको थियो भने कार्यक्रममा लम्जुङ् उधोग बाणिज्य महासंघका अध्यक्ष श्री  रामकुमार श्रेस्ठ प्रमुख अतिथि हुनु हुन्थियो ।

No comments:

Post a Comment