समाजमा व्याप्त छुवाछूत र भेदभावको घटनाले म दलित मुक्तिको अभियानमा लागे - जितु गौतम

असोज २१, विभेद विरुद्ध अभियान । कुनै एक जमाना थियो राल्फा संगीत समुहका प्रगतीशिल जनवादी गीतहरुले क्रान्तिको ज्वार भाटाहरु पुरै हल्लाईदिन्थ्यो । राष्ट्रभक्ति र देशको परिवर्तनका खातिर गाईएका जनवादी प्रगतिशिल गीतहरु सदैव जोस, जाँगर आक्रोस, र उर्जा थप्ने अनि मनलाई जुरुक्कै उचाल्ने खाल्का छन् । त्यतिवेला भर्खर रामेश, मञ्जुल, जेवी टुहुरे ,शम्भु राई लगाएतका जनवादी गायकहरुले प्रगतीवादी संगित प्रवाह गर्दै थिए । गाँउ गाँउ वस्ति र छर छिमेक तथा शहरका गल्ली गल्लीहरुमा स्वभाविक रुपमा त्यस्ता गितले अन्यायमा परेका जो कोहीलाई रक्त सञ्चार गराईदिन्थ्यो । यस्तै अनुभुतीको सञ्चार भैदियो, अहिले नेकपा एमालेबाट दोस्रो संविधानसभामा सभासद भएका जितु गौतममा ।
१८ वर्षकै उमेरमा तुलसा दाससँग विवाह गरेका गौतमले २०४० सालमा मेची घरेलु कपडा उद्योग खोलेका थिए । २०३३ सालमा आमा र २०४५ सालमा बुबाको मृत्यु भएपछि गौतमले आर्थिक संकट झेल्नु परेको थियो । गौतमको तेह्रथुम जिल्लाको आठराई यूवा गा.वि.समा पिता धनवहादुर गोतामे सिवा र आमा सुकमायाको कोखबाट २०१९ साल जेष्ठ १९ गते जन्म भएको थियो । हाल उनको परिवारमा श्रीमती तुलसा दाससँगै दुई छोरा र दुई बुहारी, दुई नाति र दुई नातिनी छन् । राजनीतिक निष्ठालाई नै उनले धर्म मान्ने गरेका छन् । गाउँमा उनको पैतृक सम्पत्तिको नाममा पुग नपुग एक कठ्ठा मात्र जमिन छ । ०२० सालमा झापा गरामनीमा बसाइँ सरेका जितुका बुबा धनबहादुरको नाता २०२८ सालको झापा किसान आन्दोलनसँग रहेकाले घरमा राजनीतिको प्रभाव थियो । त्यसैले २०२९ सालमा पृथ्वीनगर गाविसमा बसाइँ सरेपछि त उनको घर पार्टीको सेल्टरै भएको थियो ।
हाल नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्ष र संविधानसभाको सदस्य रहेका गौतम नेकपा (एमाले)को आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा सामान्य प्रशासन तथा उद्योग राज्यमन्त्री थिए । त्यसअघि उनी राष्टिय दलित आयोगको स्थापनकालका सदस्य पनि भए ।

समाजमा व्याप्त छुवाछूत र भेदभावकै घटनाले उनलाई दलित मुक्तिको अभियानमा लाग्ने प्रेरित गरेको हो । उनका बुबाले बालीघरे लुगा सिउने र बाजा बजाउने काम गर्थे । यी दुवै पेसाले समाजमा इज्जत नपाइने र परिवार धान्न पनि नसकेको उनको बुझाइ थियो । त्यस्तो पेसा छोडाउन अथक प्रयास गर्दा पनि बुबाले आलटाल गर्दै गएपछि उनले एक दिन घरका बाजा नरिसिँगा, दमाहालाई बञ्चरोले हानी फुटाए अनि पोको पारी राखिदिए, उनी आफ्ना अनुभव सुनाउछन्, त्यसपछि मात्रै बुबाले बाजा बजाउन छाडेको हो । भएको तीन बिघा जमिन पनि बालीघरे बिष्टको लुगा सिउने बेफुर्सदीले कहिल्यै खेतीपाती लाउन सकिँदैनथ्यो । गाउँघरमा खेतीपाती लाउँदा छिमेकीसँगको वरिपरिम, पुजाआजा, देउसीभैलो विवाह, भोजभतेरमा हुने जातीय विभेदले पनि उनलाई वामपन्थी राजनीतिमा लाग्ने प्रेरणा दिएको थियो ।
राजनीतिक, दार्शनिक वा सैद्धान्तिक कुनै पनि कुरोको चुरो नवुझिकनै राजनीतिमा झुकाव वढ्यो उनको । त्यो पनि जनवादी गीतका लहरका कारण । उनी भर्खर हिमाली माध्यमिक विद्यालय झापाको कक्षा सातमा पढ्दै थिए । पढ्ने उमेरमै उनी जातिय भेदभाव र छुवाछुत लगाएतका अन्य विभेदहरु भोग्दै आएका थिए । एकातिर समाजमा यिनै विभिन्न खाले विभेदको मुक्ति र अन्याय उत्पीडनका विरुद्धमा जनवादी प्रगतिशिल संगीतको धारा प्रवाह भईरहेका वेला उनलाई पनि लाग्यो यसको प्रहार गर्ने गत्तिलो वैचारिक हतियार पनि राजनीतिक चेतना हो । जव राजनीतिक चेतना सञ्चार हुदै गयो, संघर्षको मोर्चामा उनको उपस्थिती पनि वढ्न थाल्यो । कुरा २०३५ साल तिरकै हो । ठिक त्यसै वेला पाकिस्तानका राष्ट्रपति जुलिम भुट्टो मारिएका थिए । जस्का कारण देशव्यापी विरोध भएको थियो । त्यो वेला सम्म जितु गौतम विद्यार्थी संगठनमा आईसकेका थिए । विस्तारै राजनीतिक खुला मोर्चामा रहेर आन्दोलनको पृष्ठभुमी तयार गर्ने र संगठनको जिम्वेवारी लिने उनको भुमिका वढ्दै गयो ।
सामान्य परिवारको मान्छे, एकातिर राजनीतिक मोर्चाको जिम्वेवारी वढ्दै थियो भने, अर्काेतिर ०३८ सालमा एसएलसी उत्तिण भएपछि थप अध्ययन गर्नु थियो । घर परिवार पनि हेर्नु थियो किनकी ०३७ सालमा तुलसा दाससँग उनको विहे पनि भैसकेको थियो । यता आन्दोलनका विभिन्न चारित्रिक गतिविधीले उनको अध्यन कार्य ओझेलमा पर्दै गयो । जव घरको मौजुदा सम्पत्तिले थेग्न सकेन, त्यसपछि उनले ०४० सालमा व्यवस्थापकिय काम र कारोवारका लागि कपडाको सानो कुटिर उद्योग चलाउने सोंच गरे । उनले चलाएको कुटिर उद्योगको वोर्डमा आफ्नो नागरिकतामा भएको गौतम थरको नाम राखे । तर दमाईले गौतम लेख्यो भनेर त्यहाँका वाहुनहरुले उनको वोर्ड निकालेर फालिदिए । उनले २०३९ सालमै जितु गौतम दर्जीको नाउवाट नागरिकता वनाईसकेका थिए । त्यही कारण उनले आफ्नो कुटिर उद्योगको वोर्ड पनि गौतम राखेर झुण्ड्याएका थिए । तर त्यहाँका वाहुनहरुलाई देखि सह्य भएन । उनी भन्छन्, २०३९ सालमा मैले नागरिकताको प्रमाणपत्र नाम र थरको आधारमा प्राप्त गर्न खोजेँ । तर झापाका प्रमुख जिल्ला अधिकारी भगवान् दासले सिफारिस भइआएको नागरिकताको प्रमाणपत्रमा गौतम थरलाई रातो रेजा लगाए । मैले आक्रोशित हुँदै सिडियोको टेबुल ठोेक्दै हामी दलितले थरको आधारमा नागरिकता पाउनु पर्छ भनेँ । त्यसपछि सिडियोले पुलिस बोलाई चार घण्टा कोठामा थुनी पाँच बजेपछि छोडेको थियो । सँगै गौतम थरसँगै दर्जी लेखिएको नागरिकताको प्रमाण पत्र प्राप्त गरेँ ।
उता ०३९ सालदेखी नै उनको घर राजनीतिक सेल्टरको रुपमा प्रयोग हुदै आईरहेको थियो । पार्टीको पुर्ण कालिन कार्यकर्ता नभएपनि उनले २१ वर्षको उमेरमा राजनीतिक खुलामोर्चाको कारोवार गरिरहदा कानुनी ढंगले उनीमाथी निगरानी भईरहेको थियो । उनले भने, जव निगरानी वढ्न थाल्यो, काठमाण्डौं आएर १७५ रुपैयामा रत्नपार्कवाट नाङ्गलो पसल सुरु गरे, त्यसपछि पनि पार्टीको काम संगसगै शुरु भयो ।
त्यतिवेला सम्म मुलुकमा जन—आन्दोलनको पृष्ठभुमी तयार हुदै थियो । सगै काठमाण्डौमा रहेर जिल्ला संगठनको विस्तारको काम पनि हुदै थियो । २०४५ सालमा पौष २९ गते उत्पिडित जातिय उत्थान मञ्चको भेला थियो । ठिक त्यसैवेला उनलाई पनि आफ्नो समुदायको लागि, दलित जातिय मुत्तिका खातिर केही काम गर्नपर्छ भन्ने लाग्यो । तर आफु दलित समुदायको भएको र काठमाण्डौमा जात ढाँटेर वसेका कारण उनलाई पार्टीले दलितहरुको कार्यक्रममा जान मना गरि दियो । यसरी समय वित्दै गयो । समय परिस्थती र अवस्थाले कहाँवाट टिपेर कहाँ पुर्यायो उनी आफै भन्छन्, जव समयको गति, सर्मपर्ण, निष्ठा, त्याग पुरा हुन्छ, यी सवैको न्यानो साथ पाईन्छ, यसैको उदाहरण हो, पार्टीले मलाई मुल्याँकन गर्यो र म राज्यको सामान्य प्रशाषन राज्य मन्त्रि हुने अवसर पनि पाएको छु । त्यतिवेला प्रधानमन्त्रि माधव कुमार नेपाल हुनुन्थ्यो । जिवनशैली र तारतम्य , राजनितिक दर्पणमा केही चर्चा गर्न लायकको विषय त्यतिवेला मात्र वन्छ, जव जित शुनिश्चित हुन्छ । जितु गौतमलाई सामान्य प्रशासन राज्य मन्त्रि जस्तो पदमा पार्टीले सम्मान गरेपछि आफ्नो परिवार पनि खुसी भएको उनी सम्झन्छन् ।
निरन्तरता र प्रतिकुलताको भुमिकामा ज्ञान र दर्शन दिएर मात्र हुदैन, समाज वदल्न सक्नुपर्छ । जिवनमा प्रतिविम्व हुन्छन् । तर सार्थक सञ्चार हुन सक्नुपर्छ । यस्तै खाल्को अभिव्यक्तिका विचमा संघर्ष गर्द आएका जितु गौतमलाई उनका नजिकका सहपाटी मित्र एमालेका झापा जिल्ला कमीटी सदस्य घनश्याम लकान्द्रिले पनि राम्रो व्यक्तिको रुपमा लिन्छन् । दलित आन्दोलनमा आफ्नोपन दिनका लागि तुलनात्मक रुपमा व्यत्तिहरुको खोजी भन्दा पनि भुमिकाको खोजी हुनपर्छ भन्ने उनको तर्क छ । अस्तित्व वोध गर्न सके दलित आन्दोलन पनि अनुकुलमा रुपान्तरण गर्न सकिन्छ । उनलाई नजिकवाट निहालने अर्का सदस्य सोम प्रसाद प्रोतेल पनि यसै भन्छन् । आन्दोलन अव सिद्धान्तको जामा लगाएर होइन, आन्दोलनको धरातल कहाँनिर छ फर्केर हेर्नु सक्नुपर्छ । हरेक घटनामा आन्दोलनको भाव जोडिनु पर्छ । आन्दोलन घटना र परिवेषले जन्माउछ ।
दलित अनलाइन बा

No comments:

Post a Comment