सार्वजनिक इनारबाट पानी लिदा कुटपिट गर्ने गिरफ्तार

लहान, असोज २५, विभेद विरुद्ध अभियान ।छुवाछूत  घटनाका आरोपित धनगढी गावि -३ का ३५ वर्षीय पवन महतोलाई इलाका प्रहरी कार्यालय लहानले असोज २४ गते गिरफ्तार गरेको छ ।

धनगढी गाविस-३ की ५५ वर्षीय प्रमीला मल्लिकले आफूहरूलाई इनारमा पानी खान नदिएकोइनार छुएको भन्दै कुटपिट गरेको आरोपमा आरोपितहरू विरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असोज १३ गते उजुरी दिएकी थिइन् । सो ठाउँमा दलितहरू ००७ सालदेखि नै बसोबास गरेको हुन् । उनीहरुलाई  सार्वजनिक इनारबाट आफै पानी भरेर खान नदिएकोपानी चाहिएमा गैरदलितहरूलाई हारगुहार गर्नुपर्ने र दलितहरूले बाँसका सामग्रीहरू दिएमात्र गैरदलितहरूले पानी दिने गरेका थिए ।  सरकारको पहलमा दलितहरूले ०७२ साउन २० गते इनारबाट पानी भरेर खान थालेपछि विभिन्न बहानामा गाली बेइज्जत गर्ने र कुटपिट समेत गर्ने गरेकोले कारबाहीको लागि उजुरी हालेको पीडित मल्लिकले बताइन् ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार आरोपितलाई गिरफ्तार गरी कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरेको बताए । सो घटनाको विषयमा अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगइन्सेक,मानवअधिकार संरक्षण केन्द्र संजाल,सञ्चारकर्मीसहितको टोली ०७२ साउन १९ गते गएको थियो ।

No comments:

Post a Comment